हिपमत डटकम

शनिबार, कार्तिक १५, २०७७ || 704  पटक पढिएको
फाइल तस्बिर

११ दिनदेखिको संवादहीनता ताेड्दै नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ ।

४ कात्तिकको बिहान अचानक जन्मेको कर्णाली प्रदेशको पार्टी विवाद सुल्झाउन उनीहरूबीच पछिल्लाे भेट भएकाे थियो ।

भेटमा विवाद समाधानको सूत्र तय हुन सकेन । सोही साँझ दुवै पक्षका सचिवालयबाट परस्परविरोधी प्रेस नोट जारी भए ।

स्रोतका अनुसार त्यसैदिन राति ओली र प्रचण्डबीच एक–अर्कामाथि आरोपित हुने गरी टेलिफोन संवाद भयाे । उक्त संवादपछि दुई नेताबीच संवाद टुटेको थियो।

केही दिनयता महासचिव विष्णु पौडेलसहित ओलीनिकट नेताहरूले प्रचण्डलाई भेटेर संवादहीनता तोडाउने कोसिस भने जारी राखेका छन् । त्याे सफल हुन सकेकाे थिएन।

आज बिहान वरिष्ठ नेता माधव नेपालसँग आफ्नै निवासमा छलफल गरेपछि प्रचण्ड अहिले अपराह्न बालुवाटार पुगेका हुन्। दुवै अध्यक्षबीच लामो समयदेखि जारी गतिरोध आज तोडिए पनि सहमति हुने सम्भावना भने अझै न्यून नै देखिन्छ ।

स्थायी कमिटीले सरकारको समीक्षासहित मन्त्रिपरिषद्को पुनर्गठन र राजनीतिक नियुक्तिको मापदण्ड तयार गरेर पार्टीको सहमतिअनुसार सरकार अघि बढने बताए पनि प्रधानमन्त्रीले एकलौटी ढंगले अघि बढेपछि सम्बन्ध चिसिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!