हिपमत डटकम

शुक्रबार, कार्तिक १४, २०७७ || 970  पटक पढिएको

बेनी । म्याग्दीमा जीप दुर्घटना हुँदा १ को मृत्यु भएको छ । शुक्रबार (आज) दिउसो १२ बजे सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ८९६ नम्बरको जीप दुर्घटना हुदा १ को मृत्यु भएको हो, भने अन्य दश जना घाइते भएका छन् ।

उक्त दुर्घटनामा परी गम्भीर घाइते अन्नपूर्ण गाउँपालिका-२ भुरुङकी करिब १० वर्षीया रिया विकको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको हो ।

 

प्रहरीका अनुसार बेनी नगरपालिका-८ जलेश्वरमा रघुगंगा गाउँपालिका–६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै उक्त जीप सडकबाट कालीगण्डकी नदी किनारमा खसेको हो ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा रघुगंगा गाउँपालिका-६ ठाडाखानीका वसन्त छन्त्याल, सोही ठाउँका जीप चालक नन्द छन्त्याल, कौसभा पाइजा, ठगकुमारी शेर्रपुजा, सिर्जना शेर्रपुजा, दीवा शेर्रपुजा, इच्छा शेर्रपुजा, दीक्षा शेर्रपुजा र बेनी नगरपालिका-८ बस्ने दलप्रसाद गौचन घाइते भएका हुन् ।

उनीहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरुलाई पोखरा रिफर गर्ने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!