किरण न्यौपाने

शुक्रबार, कार्तिक १४, २०७७ || 1199  पटक पढिएको

मोरङ्गको रतुवामाई नगरपालिकामा जनप्रतिनिधि बाटै एक महिला बलतकृत भएकी छिन् । देशमा कडा कानुनको माग संगै बलत्कार घटनाको चौतर्फी विरोध भइरहेकै अवस्थामा जनप्रतिनिधि बाटै महिला बलत्कार घटना सार्वजनिक भएको हो । प्रहरीले पिडितको उजुरी पछि रतुवामाई नगरपालिका वार्ड नं.३ बस्ने ३५ वर्षिय विनोद कुमार सिंहलाई जवरजस्ती करणीको आरोपमा पक्राउ गरि नियन्त्रणमा लिएको छ ।

पक्राउ परेको सिंह रतुवामाई नगरपालिका वडा नं.३ का वडासदस्य हुन् । जिल्ला प्रहरी कार्यालय मोरङ्गका प्रहरी नायव उपरिक्षक मान बहादुर राईले महिलालाई खेतमा काम गर्न बोलाएर करणी गरेको प्रारम्भीक रुपमा देखिएको बताए । उनले भने– घटनाको अनुसन्धान भइरहेको छ “हामीले आरोपीत लाई नियन्त्रमा लिएर जवरजस्ती करणी अभियोगमा मुद्दा अघि बढाएका छौ ।

कार्तिक ९ गते रतुवामाई नगरपालिका ३ की ३० वर्षिय सुकुम्बासी महिलालाई साढे ७ बजेको समयमा जवरजस्ती करणी गरेको अवस्थामा स्थानियले देखेपछी जनप्रतिनिधि सिंहले आफनो फुकालेर राखेको कपडा समेत छाडेर भागेका थिए ।

सिजुवा प्रहरीले घटना स्थलबाट सिंहको सो कपडा समेत वरामद गरेको छ । घटना लगतै इलाका प्रहरी कार्यालय सिजुवाले सिंहलाई चौकीघाट बाट नियन्त्रणमा लिएको थियो । सिंह हाल सिजुवा प्रहरीको नियन्त्रणमा रहेछन् । पछिल्लो समय रतुवामाई नगर क्षेत्र मा बलत्कारको घटना समेत बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!