हिपमत डटकम
काठमाडौं,माघ-५:अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशतको हाराहारीमा रहने बताएको छ । आईएमएफको ‘आर्टिकल फोर’ मिशन (जो प्रत्येक वर्ष नेपाल आउने गरेको छ) ले शुक्रवार पत्रकार सम्मेलनमार्फत यस्तो प्रक्षेपण गरेको हो ।चालू आवको बजेटमार्फत सरकारले आर्थिक वृद्धि साढे ८ प्रतिशतको लक्ष्य राखे पनि छिमेकी मुलुक भारतमा आएको आर्थिक मन्दी, विप्रेषण आप्रवाहमा आएको कमी तथा कमजोर कृषि उत्पादनका कारण आर्थिक वृद्धिदर प्रभावित हुने निष्कर्ष आईएमएफले निकालेको छ । आईएमएफले चालू पूँजी खातातर्फको घाटा सुधार हुनु, कर्जा प्रवाहमा सुधार देखिनु तथा विदेशी मुद्राको सञ्चिति बढ्दै स्थायित्वतर्फ अग्रसर हुनु सकारात्मक भएको टिप्पणी गरेको छ ।राजनीतिक स्थायित्व, विद्युत् आपूर्ति तथा पुनर्निर्माण गतिविधिमा सुधारका कारण पछिल्ला केही वर्षयता नेपालको अर्थतन्त्र सकारात्मक रूपमा विस्तार भएको आईएमएफले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!