हिपमत डटकम

बिहिबार, कार्तिक १३, २०७७ || 1121  पटक पढिएको

हाम्रो शरीरका विभिन्न अंगहरुका फरक फरक काम हुन्छन् । यी मध्ये केही अंगहरु यस्ता हुन्छन् कि त्यसलाई यदी शरीरबाट निकाल्ने हो भने पनि हामी सजिलै बाँच्न सक्छौं । पत्याउन गाह्रो हुने तर वास्तविक, शरीरका तिनै अंगको बारेमा यहाँ चर्चा गरेका छौं ।पिट्युटरी ग्ल्याण्ड– हाम्रो मस्तिष्कको तल्लो भागमा पिट्युटरी ग्ल्याण्ड रहेको हुन्छ । यदी ब्रेन ट्युमर भयो भने पिट्युटरी ग्ल्याण्ड सहित अप्रेशन गरेर निकालिन्छ । यो बिना हामी बाँच्न सक्छौ ।

थाइर्वाइड ग्ल्याण्ड– थाइर्वाइड ग्ल्याण्डमा ट्युमर, ओभर वा अण्डर एक्टिभ भयो भने थाइर्वाइड ग्ल्याण्ड शरीरबाट निकालिन्छ ।

साइनस– यो हाम्रो शरिरमा खासै महत्वपुर्ण मानिदैन । साइनसलाई शरिरबाट अलग गरियो भने पनि हामी बाँच्न सक्छौ ।

ओभरी– महिलाको पाठ्यघरमा हुने ओभरीमा क्यान्सर वा गम्भिर रोग लाग्यो भने अप्रेसन गरेर शरीरबाट निकालिन्छ । र पनि महिलाले सामान्य जिवन बाँचिरहेका हुन्छन् ।

इयरलोव्स– यो एउटा मांशपेशी हो । यसले कान हल्लाउनमा मदत गर्दछ । हाम्रो शरीरलाई यसको खासै आवश्यकता पर्दैन ।

टन्सिल– मुखभित्र बंगारा नजिकै रहन्छ यो । यदि यसको कारण मुखमा इन्फेक्सन भयो भने टन्सिललाई शरीरबाट अलग गर्नुपर्ने हुन्छ । जसले शरीरलाई कुनै असर गर्दैन ।

पाठ्यघर– पाठ्यघरको क्यान्सर लागेमा यसलाई अप्रेसन गरेर फालिन्छ । पाठ्यघर विना पनि महिला सजिलै बाँचिरहेका हुन्छन् ।

मृगौला– मृगौला शरीरको लागि एकदमै महत्वपुर्ण हुन्छ तर यो शरीरमा २ वटा हुन्छन् । यदी एउटाले काम गरेन भने यसको अप्रेसन गरेर फालिन्छ । यो बिना पनि हामी सजिलै बाँच्न सक्छौ ।

फोक्सो– कुनै गम्भिर रोग तथा क्यान्सर लागेमा फोक्सोको अप्रेसन गरेर निकालिन्छ । यसविना पनि हामी बाँच्न सक्छौ ।

एपेन्डिक्स- यो हाम्रो शरीरभित्र रहेको ठुलो आन्द्रा हो । पत्थरी तथा अल्सर जस्ता रोग लागेमा यसलाई हाम्रो शरीरबाट निकालिन्छ । यो बिना पनि हामी सामान्य रुपमा बाँच्न सक्छौ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!