खबर ठुलो छ

गत शनिबार तोडफोड गरिएको मस्जिद पुनर्निर्माणमा वडाध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका छन् । शनिबार विहान डोजर लगाएर केही व्यक्तिहरुले सुन्धारामा रहेको मुसाफिर मदिनी मस्जिदमा तोडफोड गरेका थिए ।

पुनर्निर्माणको भइरहेको ठाउँमा वडाध्यक्षसहितको टोलीले अवरोध गरेपछि मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी समेत घटनास्थल पुगेका थिए । अध्यक्ष अन्सारीले जनताको प्रतिनिधिले जनताको पक्षमा काम गर्नुपर्ने भएपनि भूमाफियाको पक्षमा काम गरिरहेको आरोप लगाए । भत्केको ठाउँमा पुर्ननिर्माण भइरहेको पाँचौ दिनमा अवरोधको प्रयास गरी सामाजिक सद्भाव खलबलाउने प्रयास भएको पनि उनले बताए । कानूनी हिसाबले नसकेपछि गुण्डागर्दी शैलीमा मस्जिद भत्काउने काम भएको अध्यक्ष अन्सारीको भनाइ छ ।

स्थानीय लक्ष्मी परियारले भत्केको ठाउँमा पुनर्निर्माण गर्नुपर्ने ठाउँमा वडाध्यक्षले निर्माणमा अवराधे गरिरहेको आरोप लगाइन् । वडाध्यक्षले निर्माणको काम नरोके आफै भत्काउने धम्की दिएको समेत उनले बताइन् ।

निर्माणधिन धरहराको ठीक पछाडी ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ । यो मुसफिर मदिनी मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थायी रुपमा संरचना बनाई प्रयोग गरिरहेका छन् । आजभन्दा एक सय वर्ष अघि मुस्लिम धर्मावलम्बीहरु काठमाडौँ आउजाउ गर्दा नमाज पढने स्थानको रुपमा स्थापित भएको यो मस्जिदमा अहिले ५ प्रहरको नमाज पढन मस्लिम समुदाय पुग्ने गरेका छन् ।

बिहिबार, कार्तिक १३, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया