हिपमत डटकम

आइतबार, कार्तिक ०९, २०७७ || 753  पटक पढिएको

पूर्वमन्त्री तथा नेकपाका स्थायी सदस्य मातृकाप्रसाद यादवले मुकेश चौरसिया हत्यामा संलग्न व्यक्तिलाई प्रधानमन्त्री केपी ओली शर्माले नै संरक्षण गरीरहेको आरोप लगाएका छन् । शनिबार वीरगंजमा जिल्ला प्रहरी कार्यालय पर्सा अगाडी दिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले न्यायको लागि आन्दोलन गर्ने र यसबाट उत्पन्न पस्थितीको जिम्मेवारी स्थानिय प्रशासन, गृहमन्त्री र प्रधानमन्त्री ओलीले लिनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै नेता यादवले भने– ‘घमण्ड र अहंकारले तानाशाही बनाउँछ र अन्ततः त्यस्ता मुलुकमा दम्भमा उन्माद भएका शासक कहीँ पनि टिक्न सकेको छैन ।’ विरोध प्रर्दशनमा नेकपाका प्रदेश–२ का सह ईन्चार्ज नागेन्द्र चौधरीले चौरसिया हत्याको घटना पार्टीको आन्तरिक मामिला नभएको स्पष्ट पारे ।

जिल्ला प्रहरी कार्यालय पर्साले नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको हत्यारा विरुद्ध मुद्दा दर्ता गर्नमा आनाकानी गरिरहेको छ । मृतक चौरसियाको परिवारजन किटानी जाहेरीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता गराउन पुग्दा प्रहरीले आलटाल गरिरहेको आरोप छ ।

मृतक परिवारजनले किटानी जाहेरी दिदाँ समेत जिल्ला प्रहरी कार्यालय पर्साले दर्ता नगरेपछि नेकपाका नेता तथा कार्यकर्ता धर्नामा बसेका छन् । पीडित परिवारजनले दिएको जाहेरी प्रहरीले लिन अस्वीकार गरेपछि पूर्व उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादव समेतले हत्यारालाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा घेराउ गरेका थिए ।

प्रदर्शनकारीहरुले प्रहरी प्रशासन विरुद्ध चर्को नाराबाजी गर्दै दोषीलाई कारवाही गर्नुपर्ने, मृतकलाई शहिद घोषणा गर्नुपर्ने र पिडित परिवारलाई उचित क्षतिपुर्ती दिनुपर्ने लगायतका माग राख्दै प्रहरी कार्यालय घेराउ गरेका थिए ।

नेकपा पर्सा विन्दवासनी गाउँपालिका कमिटीको बिहीबार आयोजित सपथ ग्रहण कार्यक्रममा योजनावद्धरुपमा आक्रमण गर्दा नेकपा गाउँकमिटी सचिव समेत रहेका जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु भएको थियो । सपथ ग्रहण कार्यक्रम चलिरहेको बेला बाहिरबाट आएका एक समूहले विवाद गर्दै आक्रमण गरेका थिए ।

घटनामा प्रहरीले हनिफ मियाँ गद्दी, सोकदिन मियाँ गद्दी र देवा सहनीलाई पक्राउ गरिसकेको छ । झडपमा समान्य घाईते भइ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार्थ र चौरसिया हत्यामा संलग्नको आरोप लागेका उत्तम तिवारी र चिन्टु तिवारी अस्पतालबाट नै फरार छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!