हिपमत डटकम

शनिबार, कार्तिक ०८, २०७७ || 715  पटक पढिएको

बलिउड अभिनेत्री करीना कपूर दोस्रोपटक गर्भवती भएपछि चर्चामा आएकी छिन् । उनले बलिउडका अभिनेता सैफ अली खानसँग सन् २०१२ मा विवाह गरेकी थिइन् । उनका एक छोरा तैमूर समेत विभिन्न कारण चर्चामा आइरहन्छन् । सैफले करीनाभन्दा अगाडि सन् १९९१ मा अमृता सिंहसँग विवाह गरेकी थिइन् । तर उनीहरुको सन् २००४ मा सम्बन्धविच्छेद भएको थियो ।

करीनाले बलिउडका निर्देशक तथा निर्माता करण जौहरको कार्यक्रम ‘कफी विथ करण ६’ मा अमृता र करीनासँग सम्बन्धित एक खुलासा गरेकी थिइन् । जुन कुरा सुनेर धेरै आश्चर्यमा परेका थिए । करीनाले अमृतासँग आफ्नो भेट नै नभएको र सैफसँग भेट्दा अमृतासँग सम्बन्धविच्छेद भइसकेको बताएकी थिइन् । यद्यपि, उनले अमृतासँग मनबाट नै इज्जत र माया भएको बताएकी थिइन् ।

करीना अमृताका दुई सन्तान सारा अली खान र इब्राहिम अली खानसँग विभिन्न कार्यक्रम तथा समारोहमा भेटघाट गरिरहेकी तस्बिर सामाजिक सञ्चालमा चर्चामा आउने गर्छ तर उनले अमृतासँग भेटेको भने कतै पनि देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!