हिपमत डटकम

बिहिबार, कार्तिक ०६, २०७७ || 645  पटक पढिएको

लेबनानको राजधानी बेरुतको बन्दरगाह क्षेत्रमा भएको भयंकर विस्फोटका घाइतेको उपचारमा संलग्न नेपाली सेनाको टोलीले प्रशंसा बटुलेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार ‘युनाइटेड नेशन्स इन्टेरिम फोर्स इन लेबनान’ मा खटिएको फौजको मेडिकल सपोर्टका रुपमा उपसेनानी रक्षा भण्डारीसहितको स्वास्थ्यकर्मीको टोलीले भग्नावशेष सफाइ कार्यमा संलग्न फौजलाई कोभिड–१९ को बारेमा सुरक्षा सचेतना अपनाई सुरक्षित कार्य गर्ने वातावरण बनाएको थियो ।

सो टोलीले सफाइ कार्यको दौरान घाईते भएका ८ जना कामदारहरुको राम्रो उपचारसमेत गरेको भनि ‘युनाइटेड नेशन्स इन्टेरिम फोर्स इन लेबनान’का मेजर जनरल स्टेफानो डेल कोलले नेपाली स्वास्थ्यकर्मीको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

नेपाली सेना स्वदेश वा विदेशमा जहां रहँदा पनि आपत विपदको समयमा सदैव सहयोगी रही आएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!