हिपमत डटकम

बिहिबार, कार्तिक ०६, २०७७ || 802  पटक पढिएको

बरेलीको सानो बस्तीकी युवतीदेखि मिस वर्ल्ड, फोब्र्सका १ सय शक्तिशाली महिलाको सुची, आफ्नै म्युजिक एल्बम र बलिउड तथा हलिउडसम्मको करियरलाई समेटेर प्रियङ्का चोपडाले आफ्नो आत्मकथा लेखेकी छिन् । आत्मकथा लेखन समाप्त भएपनि यसको शीर्षकबारे टुंगो लाग्न बाँकी छ ।

यस आत्मकथामा यी अभिनेत्रीले आफ्नो वर्षौको संघर्षबारे लेखेकी छिन् । आफुुबारे समाजले बनाएका धारणा र आफ्नै धारणालाई समेटेकी छिन् ।

‘मैले सधैं आफ्नो संघर्षहरुलाई गोप्य राख्दै आएँ । जसबारे म यस पुस्तकमा छलफल गर्दैछु,’ उनले भनिन्, ‘आत्मकथा लेख्नुको मज्जा भनेको यसले तपाईंलाई विषयवस्तुहरु फरक ढङ्गले हेर्नका लागि बाध्य गराउँछ ।’

‘सानो बस्तीकी युवतीका रुपमा ठूला सपना देख्ने छुट थिएन,’ उनले आत्मकथाबारे भनेकी छिन् । १८ जुलाई १९८२ मा झारखण्डको जम्सेदपुरमा प्रियङ्काको जन्म भएको थियो । बाबु अशोक चोपडा र आमा मधु भारतीय सेनामा चिकित्सक भएकाले प्रियङ्काले बाल्यकालमा दिल्ली, चन्ढीगढ, बरेलीलगायत शहरमा अध्ययन गरिन् । त्यसपछि उनी केही समय अमेरिका गएर बसिन् ।

सन् २००० मा १८ वर्षको उमेरमा उनले मिस वर्ल्डको उपाधि जितेकी थिइन् । २००३ मा प्रदर्शनमा आएको ‘द हिरो–लभ स्टोरी अफ अ स्पाई’ उनको पहिलो बलिउड फिल्म थियो । त्यही वर्ष रिलिज भएको अन्दाज र मुुझ से सादी करोगी हिट भए, जहाँ प्रियङ्का मुख्य भूमिकामा थिइन् । २००६ मा उनी अभिनित क्रिस र डन दुुबैले बलिउडमा निकै राम्रो आम्दानी गरे । कमिने, बर्फी, मेरी कोम, बाजिराव मस्तानीलगायत फिल्ममा उनले गरेको अभिनयको निकै प्रशंशा भएको थियो । प्रियङ्काले एकपटक राष्ट्रिय फिल्म अवार्ड र पाँचपटक फिल्म फेयर अवार्ड जितिसकेकी छिन् । प्रियङ्काले एबीसीमार्फत प्रशारण हुने थ्रिलर ‘क्वान्टिको’ मा अभिनय गरेपछि विश्वव्यापी चर्चा बटुलिन् । उनले हलिउड कमेडी ‘बे वाच’ र ‘इजन्ट इट रोमान्टिक’ मा सहायक भूमिका निभाएकी थिइन् ।

सन् २०१६ मा भारत सरकारले उनलाई पद्म श्रीबाट सम्मानित गरेको थियो । त्यही वर्ष उनलाई टाइम म्यागेजिनले विश्वका १ सय अति प्रभावशाली व्यक्तित्वको सुचीमा राख्यो । दुई वर्षपछि फोब्र्सले उनलाई विश्वका १ सय शक्तिशाली महिलाको सूचीमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!