निशान कंडेल

बिहिबार, कार्तिक ०६, २०७७ || 856  पटक पढिएको

मोरङ/अबैध रुपमा भन्सार छली गरी लुकाई छीपाई ल्याएको करिव ६ लाख मुल्य बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय मोरङले बरामद गरेको छ । हिजो विभीन्न समयमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतबाट गस्तीमा खटिएको प्रहरी टोलीले करिव ६ लाख मुल्य बराबरको खाधान्न तथा विभिन्न किसिमका लत्ता कपडाहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो ।

भारतिय सिमा एरियाहरुमा खटिएको प्रहरी टोलीले २ लाख ७८ हजार ४ सय मुल्य बराबरको सामानहरु बरामद गरेको हो भनि विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर घाँसचौक स्थितबाट ३ लाख २१ हजार ६ सय मुल्य बाराबरको लत्ता कपडाहरु बरामद गरेको हो । प्रहरीले भारत जोगबनी घर भएका २२ बर्षीय किसन कुमार रायलाई समेत पक्राउ गरेको छ । जोगबनी बस्दै आएका रायले विराटनगर स्थित घाँसचौकमा सटर भाडामा लिएर अबैध रुपमा भन्सार छली गरी लत्ता कपडा ल्याई लुकाई छीपाई स्टोर गरी राख्दै आएका थिए ।

उनलाई हिजो बेलुका सवा ८ बजे उनैले भाडामा लिएको सटरबाटै ३ लाख २१ हजार ६ सय मुल्य बाराबरको लत्ता कपडा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । तस्कर नियन्त्रण तथा भन्सार छली नियन्त्रण गर्ने अभियान स्वरुप तथा कानुन विपरित अवैध रुपमा चोरी निकासी पैठारी रोक्ने अभियान स्वरुप विशेष कदम चालिएसंगै यसरी अवैध रुपमा भन्सार छली गरी ल्याएका सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाउदै आईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!