हिपमत डटकम
बिराटनगर,४ माघ:चर्चित गायिका आस्था राउत र प्रहरीबीच त्रिभुवन विमानस्थलमा भएको विवाद अहिले निकैनै चर्चाको विषय बनेको छ । राउत झापा जाने क्रममा त्रिभुवन विमानस्थल चेकजाँचमा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ । उनले सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भन्दै प्रहरीले पनि उक्त विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रहरीले उनलाई ‘तँ’ भनेर बोलाएको, दुव्र्यवहार गरेको भन्दै उनले लाइभ भिडियोमा आक्रोश पोखेकी थिइन् । आस्था भद्रपुर हुदै सिक्किममा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जादै थिइन् । राउतले भनेकी छिन्, ‘अनि त्यो पुलिस डन्ठिनीहरु, त्यो सिपाही प्युसी प्युपीहरु । तिमीहरुको बोल्ने ढंग छैन ?’

आस्थाको भिडियो केही समयमै भाइरल भएको थियो । भिडियो भाइरल भएपछि गायिका राउतले प्रयोग गरेका शव्दप्रति माफी मागेकी छिन् । फेसबुकमा उनले लेखेकी छिन्, ‘रिसको आवेगमा बेद पढिँदैन। मलाई पनि त्यस्तै भयो। इनएप्रोप्राइट वर्डर्सका लागि क्षमा चाहन्छु ।’

विमानस्थल स्रोतबाट बाह्रखरीलाई प्राप्त सीसीटीभी फुटेजमा प्रहरीले उनलाई ज्याकेट खोल्न आग्रह गर्दा हतार गर्दै कफी छाडेर हिँड्न लागेपछि प्रहरीले नै उनलाई कफी लैजान आग्रह गरेको भिडियोमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!