हिपमत डटकम

बुधबार, पौष १६, २०८२ || 816  पटक पढिएको

जनकपुर । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् आज पूर्ण हुने भएको छ। सरकार गठन भएको करिब एक महिनापछि मन्त्रिपरिषद् विस्तार गर्दै ६ जना मन्त्री थपिन लागेका हुन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरूलाई आजै शपथ ग्रहण गराउने तयारी गरिएको छ।

मन्त्रिपरिषद् विस्तारसँगै मनिष कुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइनेछ। यस्तै, राज कुमार गुप्तालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, शंकर प्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालय, श्याम प्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा तोकिएको छ।

त्यसैगरी, वसन्त कुमार कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!