हिपमत डटकम

बुधबार, कार्तिक ०५, २०७७ || 734  पटक पढिएको

काठमाडौं/यो दशैंलाई लक्षित गरेर गायक सुवर्ण कुमार, विष्णु श्रेष्ठ र गायिका दिपा कोईरालाले नयाँ गीत ‘यो दशैंको रमाईलो…’ दर्शकमाझ ल्याएका छन् ।
डब्बु क्षत्रीको निर्देशनमा यो गीतको भिडियो तयार भएको हो । यो गीतको भिडियोमा गायिका तथा मोडल सरिता भारती र अभिनेता राहुल श्रेष्ठ मुख्य भूमिकामा छन् । पछिल्लो समय गायिका तथा सञ्चारकर्मी सरिता भारती मोडलको रुपमा पनि त्यत्तिकै व्यस्त छिन् । गीत निकै राम्रो भएकाले आफुले अभिनय गरेको सरिताले बताईन् ।
राहुल र सरिताले सँगै अभिनय गरेको यो तेश्रो भिडियो हो । उनीहरुलाई यो भिडियोमा जोडीको रुपमा निकै राम्रो देखिएको छ ।
यो गीतको भिडियोलाई यतीबेला भिडियोक्राफ्ट नेपाल युट्युव च्यानलबाट रिलिज गरिएको छ । गीत र भिडियो दुबैलाई दर्शकले रुचाएका छन् । भिडियोमा अन्य कलाकारमा हेम श्रेष्ठ, मिना लामा, आस्था कार्की, ऋतु कोईराला, सुस्मिता श्रेष्ठ, अस्मिता पौडेल, अनुप दुलाललगायत छन् ।
लिँगे पिङ हालेर गाउँलेको जमघटमा यो गीतको भिडियो तयार गरिएको छ । तीन साता अघि छायाँकन गरिएको यो भिडियो यतीबेला रिलिज गरिएको हो ।
दशैंको अबसरमा भेट भएका अपरिचित युवा युवतीबीच पिङ खेल्दाबाट सुरु भएको प्रेम प्रसँग र दशैं तिहारको साँस्कृतिक भावलाई यो गीतमा समेटिएको छ । गीतको शब्द संगीत सुवर्णकै हो ।
कोरोनाले दमित भएका दर्शक श्रोतालाई केही क्षण भए पनि उल्लासमय गीत प्रस्तुत गरेर हर्षित तुल्याउन आफुले यो दशैंगीत बजारमा ल्याएको गायक तथा संगीतकार सुवर्ण कुमारले बताए ।
मोहनिस श्रेष्ठको छायाँकन, सुवर्ण कुमारको सम्पादन, मिना लामाको सृँगार, दिलमायाँ मगरको ड्रेस डिजाईन, रेश्मा श्रेष्ठको एसोसिएट कोरियोग्राफीमा सो भिडियो तयार भएको हो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!