हिपमत डटकम
बिराटनगर,४ माघ :गौरव प्रधान बैदेशीक रोजगारको शिलशीलामा दुबईमा थिए । आफ्नो श्रीमती सुनिता प्रधान पौडेलको पेटमा तीन सन्तान हुँकर्दै गर्दा सुत्केरी हुने समयमा उनी नेपाल आए । डाक्टरले दिएको समयमा उनलाई पोखराको मणिपाल शिक्षण अस्पतालमा लगियो । तीन सन्तान छन् भन्ने कुरा पहिले नै पक्का पक्की थियो र त्यही अनुरुप डा। महेन्द्रराज पाण्डेको टोली अप्रेशन थ्रिएटर भित्र गयोे ।

तीन बच्चा जन्मिने भन्ने खबरले सुखी हुँदै गौरवका परिवार बाहिर त्यही अनुसारको व्यवस्थापनका साथ बसिरहेका थिए । केही समयपछि एकजना नर्स निस्कीएर अर्को पनि बच्चा रहेछ कपडा ल्याउनुस भनेपछि गौरब चकित भए । तीनवटा मात्र बच्चा छ भनेर बसेको चारवटा बच्चा भएको खबर सुरुमा पत्ताउनै गाह्रो भएको गौरब बताउँछन् । पछि डाक्टर नै आएर भनेपछि बल्ल पत्यार लागेको उनले बताए ।
स्याङ्जा पुतलिबजार घर भएकी २६ बर्षीय सुनिता प्रधान पौडेलले पोखराको मणिपाल शिक्षण अस्तालमा चार शिशुको जन्म दिएकी छन् । तीन छोरी र एक छोराको जन्म दिएकी सुनिता र बच्चा सबैको स्वास्थ्य राम्रो भएको अस्पतालले जनाएको ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!