हिपमत डटकम

मंगलबार, कार्तिक ०४, २०७७ || 600  पटक पढिएको

युरोपियन च्याम्पियन्स लिगमा आज इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब सेभिल्लाले खेल्दैछन् । समूह चरणअन्तर्गतको उक्त खेल नेपाली समयानुसार राति १२ः४५ बजे हुनेछ ।

चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा हुने यस खेलमा समूह ‘ई’मा रहेका यी दुई टोली सुखद सुरुआत गर्ने लक्ष्यमा छन् ।

चेल्सी घरेलु मैदानमा जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा हुनेछ । तर, सेभिल्लाविरुद्ध जित निकाल्न चेल्सीलाई त्यति सहज भने हुने छैन । किनकि, युरोपा लिग विजेता सेभिल्ला चेल्सीका लागि बलियो प्रतिद्वन्दीसमेत हो ।

यी दुईले च्याम्पियन्स लिगमा पहिलो पटक खेल्न लागेका हुन् । चेल्सी र सेभिल्लाले एक अर्काविरुद्ध अहिलेसम्म खेलेका छैनन् ।

यसै समूहको अर्को खेलमा रेन्नेस र क्रान्सोडर पनि आज प्रतिस्पर्धामा छन् । रेन्नेसको मैदानमा हुने यो खेल राति १२ः४५ बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!