हिपमत डटकम

मंगलबार, कार्तिक ०४, २०७७ || 860  पटक पढिएको

हास्यकलाकार कपिल शर्मा टिभी इन्डष्ट्रिका चर्चित हस्ती हुन् । उनले टेलिभिजनमा त आफ्नो क्षमता पुष्टि गरिसकेका छन्, त्यस्तै बलिउड सेलिब्रिटी बीच पनि उनी निकै चर्चित छन् । कपिल वेब सिरिजमार्फत् चाँडै नै डिजिटल डेब्यू गर्ने तयारीमा छन् । तर रोचक कुरा के छ भने यो डेब्यूका लागि उनी २० करोड भारु पारिश्रमिक लिँदैछन् ।

हालै द कपिल शर्मा शोको एक एपिसोडमा कृष्णा अभिषेकले यो कुराको खुलासा गरेका हुन् । कृष्णाले मस्ती गर्दै कपिल शर्मा ओटीटी प्लेटफर्ममा आफ्नो डिजिटल डेब्यूका लागि २० करोड भारु दिने भएका छन् । यद्यपि, कृष्णाले यो कुरा मजाकमा मात्रै भनेका थिए तर यति ठूलो रकमको कुराले मानिसहरुको कान भने ठाडो भएको छ ।

https://www.instagram.com/p/CGcopxDgYxO/?utm_source=ig_embed

कार्यक्रमको विषयमा सुरु भयो विवादः

द कपिल शर्मा शोमा महाभारतको सेलिब्रिटीको विषयमा चर्चा भएको थियो । वास्तवमा, कार्यक्रममा महाभारत सिरियलको कास्ट नितिश भारद्वाज, गजेन्द्र चौहान, पुनित इस्सर आदि पुगेका थिए । मुकेशले कार्यक्रमलाई वाहियत भएको बताउँदै जान अस्विकार गरेका थिए ।

उनको यो बयानपछि कलाकारबीच बहसबाजी सुरु भएको थियो । गजेन्द्र र मुकेशबीच कार्यक्रमको बीचमा वाक्युद्ध सुरु भएको थियो  । नितिश भारद्वाजले पनि यसमा आफ्नो पक्ष राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!