नायक सञ्जय दत्तको क्यान्सर निको भएको छ । उनका नजिकका साथी तथा ट्रेड एनालिस्ट राज बंसलले यसबारे जानकारी दिएका हुन् । भारतीय मिडिया दैनिक भास्करले कोकिलाबेन अस्पतालको स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएका छन् । सञ्जय दत्त र उनकी श्रीमती मान्यताले पनि आधिकारिक बयान दिने अनुमान गरिएको छ ।

सोमबार ६१ वर्षका सञ्जुको पोजिट्रोन एमिशन टेमोग्राफी (पीईटी) रिपोर्ट आएको छ जसमा उनी क्यान्सरबाट मुक्त पाइएका छन् । पीइटी स्क्यान क्यान्सरको सबैभन्दा प्रमाणित परीक्षण मानिन्छ । यसमा पीडितको क्यान्सर सेलको स्थिती के हुन्छ, त्यसबारे थाहा हुन्छ ।

अस्पतालसँग जोडिएको स्रोतले के भन्यो ?

‘क्यान्सर सेल्समा अन्य सेल्सको तुलनामा मेटाबोलिक रेट धेरै हुन्छ । केमिकल एक्टिभिटीको यो हाई लेभलका कारण क्यान्सर सेल्स पीईटी स्क्यानमा चम्किलो धब्बाको रुपमा देखिन्छ । यसैकारण पीईटी स्क्यानले क्यान्सरको पत्ता लगाउन सहयोग त गर्छ नै साथै यसले शरीरमा क्यान्सर कति फैलिसकेको छ भनेर पनि पत्ता लगाउन सकिन्छ ।’

संजयले केही दिन अघि मात्रै भनेका थिए, ‘म यसलाई हराइदिनेछु’

केहि दिन अघ सञ्जय दत्तले एक भिडियोमा पहिलो पटक आफ्नो रोगबारे कुरा गरेका थिए । सेलिब्रिटी हेयर स्टाइलिस्ट अलिम हाकिमले आफ्नो सोसल मिडिया पेजमा सञ्जय दत्तको भिडियो सेयर गरेका थिए । यसमा सञ्जय दत्तले अलिमलाई सबैसामू परिचय दिएका थिए र त्यसपछि आफ्नो निधारमा आएको दागमा भनेका थिए, ‘यदि तपाईंले यो देख्नु भएको छ भने यो मेरो जीवनको हालैको निशान हो, तर यसलाई म छिट्टै हराउनेछु । म क्यान्सरबाट चाँडै नै मुक्त पाउनेछु ।’

११ अगस्टमा क्यान्सरको कुरा आएको छः

सञ्जय दत्तलाई ८ अगस्टमा सास फेर्न समस्या भएपछि लिलावती अस्पताल भर्ना भएको थिए, जहाँ उनका केही परीक्षण भएको थियो । त्यसको ३ दिनपछि ११ अगस्टमा उनी फोक्सोको क्यान्सरसँग जुधिरहेको भन्ने खबर सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!