रबिन्द्र बराल

सोमबार, कार्तिक ०३, २०७७ || 1063  पटक पढिएको
डाक्टरकाे रजाई

रंगेली/माेरङकाे रंगेली अस्पतालमा MBBS डक्टर काे रजाई हुन थालेको छ । स्थानीय सरकार ले अस्पताल आफ्नाे माहत्तमा लिएको दुई बर्ष बितिसक्दा समेत डाक्टरलाई भने सुघार्न सकेकाे छैन । अहिले अस्पतालमा अाेपिडी सेवा बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म सेेेेवा दिने भनिएता पनि डाक्टर काे कारण ले गर्दा उनी हरु लेे आफू खुशि गर्दे आईरहेका छन । एक महिना देखि उक्त डाक्टर हरु काे निगरानी गर्दा आएकाे मा डाक्टर लेे पाेसाका नलगाउने गरेको पाईएकाे छ । नेपाल सरकार ले सम्पुर्ण कर्मचारी हरु लाई कार्यलय आउदा अनिवार्य पाेसाक बापत रकम दिने गरिएको भएता पनि डाक्टर हरु ले भने अहिले पाेसाक नलगाई अस्पताल परिसरमा आउने गरेका छन । साेमबार बिहान MBBS डाक्टर सुनिल चाैधरी ११ बजे आेपिडि कक्षमा प्रबेश गरे उनी प्रवेश गरेलगत्तै उनलाई भने सर तपाईंको कार्यलय आउने समय ११ बजेे हाे ? उनले केही बाेल्न मानेनन् ।पुनः सर तपाई त ड्रसमा हुनुहुन्नत किन हाे भन्ने प्रशन मा उनले भने भाेली देखि लागउने जवाफ दिए । बारम्बार काे निगरानीमा MBBS डाक्टर हरु ले समेत पनि कहिले युनिफम मा नभएको भेटिएको छ । बिरामी लाई सेवा दिने समयमा नत डाक्टर काे ड्रेस नै हुन्छ नत उनिहरुकाे कुनै परिचय काड नै देखिन्छ । डाक्टर हुन या बिरामी छुट्याउनै सर्वसाधारण हरुलाई हम्मेहम्मे पर्ने गरेको छ । त्यति मात्रै हाेईन अहिले बिरामी हरु काे रिपोर्ट हेर्ने समयमा समेत डाक्टर हरु चिया नास्ता गर्ने कार्यलय परिसर बाट निस्किएको १ घन्टा देखि डेर घन्टा सम्म दाेकान मा विभिन्न दवाई कम्पनी का एमअार हरु संग कुराकानी गरेर समय बिताउने गरेका छन ।
भनेे यता बिरामी हरु काे रिपोर्ट देखाउन का लागि रिपोर्ट लिएर डाक्टर हरु काे कार्यलय कक्ष अगाडि उभिन बाध्य भएका छन । अस्पताल प्रसाशन ले समेत कर्मचारी हरु काे चिया नास्ता काे समय निस्चित समय नताेकि दिदा समेत समस्या परेको देखा परेको छ । यति सम्म हुदा समेत अस्पताल प्रसाशन भने किन माैन देखिएकाे हाे त ? स्थानीय सरकारले अस्पताल लाई आफ्नो निगरानीमा लिएको केही महिना सम्म अस्पताल परिषरमा नगरप्रमुख काे गाडि प्रवेश गरे लगतै सबै डाक्टर तथा कर्मचारी हरु आफ्नो काम मा लागि पर्ने गरिएता पनि पछिल्लो समयमा त्यस काे बिपरित भएको पाईएकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!