हिपमत डटकम

आइतबार, कार्तिक ०२, २०७७ || 837  पटक पढिएको

देवी-देवतामाथि उति साह्रो आस्था नराख्नेहरु पनि स्वास्थ्यका खातिर कहिले काहीँ उपबास बस्ने गर्छन्। उपबास बस्दा सँधै खाने गरिएका खानेकुरा खाने चलन हुँदैन। तर, पूर्णरुपमा भोको पेट बस्नु पनि हुँदैन। त्यसैले उपबास बसेका बेला निम्न फलफूल वा खानेकुरा खानु विशेषगरी फाइदाजनक हुन्छ

दही : दहीमा प्रोबायोटिक ब्याक्टेरिया हुन्छ, जसले पर्याप्त ऊर्जा दिन्छ। उपबासको समयमा दही खाँदा अल्छी र कमजोरी हटाउँछ। दहीमा सखरखण्ड, केरा मिसाएर वा लस्सी बनाएर खान सकिन्छ।

केरा : केरामा पनि अत्यधिक पोटासियम र कार्बोहाइड्रेड हुन्छ। धेरै केरा खाँदा शरीरलाई तत्काल ऊर्जा प्रदान गर्छ। केरा खाँदा उपबासको समयमा कमजोरी रहँदैन। केरालाई सलाद वा लसी बनाएर पनि खान सकिन्छ।

अनार : अनारले शरीरमा प्रतिरोधात्मक क्षमता बढाउँछ। यसमा हुने एन्टिअक्सिडियन्टले शरीरलाई स्फुर्ती दिलाउँछ। उपबास बस्दा अनारलाई जुस बनाएर खानु राम्रो हो।

स्याउ : स्याउमा फाइबर र आइरनको मात्रा हुने भएकाले स्याउ खाँदा तत्काल भोक लागेको महसुस हुँदैन। यसले रक्त अल्पताबाट समेत बचाउँछ।

सखरखण्ड : यसमा अत्यधिक फाइबर हुन्छ। जसले तौल घटाउन सहयोग गर्छ। यसमा हुने पोटासियमले तत्काल ऊर्जा दिन्छ। सखरखण्डलाई उसिनेर खानुपर्छ।

नट्स : काजु, बदाम, पास्ता जस्ता नट्समा पाइने म्याग्नेसियमले दिमागलाई चंगा बनाउँछ। यसले शरीरमा ऊर्जा प्रदान गर्छ।

काँक्रो : काँक्रोमा अत्यधिक पानीको मात्र हुने भएकाले शरीरलाई डिहाइड्रेड हुनबाट जोगाउँछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!