हिपमत डटकम

आइतबार, कार्तिक ०२, २०७७ || 733  पटक पढिएको

शरीरमा थाइराइडको समस्या भए नभएको पत्ता लगाउन प्रयोगशालामा गएर जाँच गरिने प्रक्रियालाई थाइराइड परीक्षण भनिन्छ । विगत केही समययता मानिसहरु थाइराइडको समस्या परीक्षण गर्न प्रयोगशालामा आउने क्रम बढ्दै गइरहेको छ । समयमै आवश्यक परीक्षण गरेर सतर्कता अपनाउनु वा उपचार प्रक्रियामा जानु राम्रो कुरा हो । तर, यसको मतलव थाइराइडको जाँच जतिबेला पनि गरिरहनुपर्छ भन्ने होइन । रक्त चाप, सुगरको जाँच जस्तो थाइराइडको जाँच नियमित गर्नु पर्दैन। यो ‘रुटिन’ चेकअप अन्तर्गत पनि पर्दैन।

थाइराइडको जाँच गर्ने भनेको शरीरमा लक्षण देखिएपछि मात्र हो । तर, अमेरिकास्थित थाइराइड एसोसिएसनका अनुसार सामान्यतया कुनै पनि लक्षण नदेखीएका ३५ वर्ष मुनिका मानिसले पाँच वर्षमा एक पटक थाइराइड परीक्षण गराउनु पर्छ।३५ वर्ष भन्दा माथिकाले भने वर्षमा एक पटक थाइराइडको जाँच गर्नुपर्ने हुन्छ भन्ने पनि एसोसिएसनले भनेको छ । जाँचका क्रममा थाइराइडको समस्या देखिएको छ भने हरेक ३ तथा ६ महिनामा जाँच गर्नुपर्ने हुन्छ। थाइराइडको समस्या जुनसुकै उमेरमा पनि देखिन सक्छ । तर, ३५ वर्षभन्दा कम उमेरका मानिसहरुमा लक्षण देखिएको छैन र एक पटकको जाँचका क्रममा थाइ राइडको समस्या देखियो भने पुन अर्को जाँच नगरी औषधि दिइहाल्नु हुँदैन ।

यहाँ त एक पटकको परीक्षणमा थाइराइड देखियो भने तुरुन्तै औषधि दिने चलन छ। यस्तो अवस्थामा उक्त मानिसको ३ देखि ६ महिनामा पुन अर्को परीक्षण गरेर हेर्नु पर्ने हुन्छ । तर, धेरै नै तलमाथि भयो भने चाँही औषधि चलाउनु पर्ने हुन्छ।थाइराइडको समस्या पत्ता लगाउन के के परीक्षण गरिन्छ?सामान्य रुपमा भन्नुपर्दा थाइ राइड एउटा ग्रन्थी हो । थाइराइडको समस्या हुनु भनेको यसबाट उत्पादन हुने हर्मोनमा घटबढ हुनु हो । थाइराइड ग्रन्थीबाट उत्पादन हुने ‘टि थ्री’ र ‘टि फोर’ हर्मोन बढ्ने/घट्ने कारणले थाइ राइडको सम स्या आउँछ । कहिलेकाहीँ तनाव, माइग्रेन, परीक्षण समय, महिना वारीजस्ता कारणले पनि थाइ राइड हर्मोनमा तलमाथि हुन सक्छ।

यस्तो समयमा परीक्षण गर्दा आएको रिपोर्टका आधारमा नै औषधि चलाइहाल्नु हुँदैन । त्यसकारण थाइराइड परीक्षणबाट आएको रिपोर्ट हेरेपछि चिकित्सकले बिरामीबारे थप बुझ्न जरुरी हुन्छ । अमेरिकन थाइराइड एसो सिएसनले लक्षण नदेखिएका व्यक्तिमा एकपटकमा था इराइडको समस्या देखियो भने ३ देखि ६ महिना ‘पर्ख र हेर’ भनेको छ।थाइरा इडबाटहर्मोनको उत्पादन घटेको वा बढेको छ की छैन भनेर पत्ता लगाउन टिएसएच अर्थात थाइ राइड स्टिमु लेटिङ हर्मोनको जाँच गर्नुपर्छ ।

जाँचका क्रममा टिएसएच बढ्यो÷घट्यो भने मात्र पुरै थाइ राइडले काम गरेको छ की छैन भनेर ‘टि थ्री’ र ‘टि फोर’ को र टिएसएच जाँच गर्नु पर्ने हुन्छ। ‘टि थ्री’ र ‘टि फोर’ लाई थाइ राइडले शरीरभित्र हरेक अंगहरुमा फैलाउने काम गर्छ । यो प्रक्रियामा थपघट भयो अरु अंगहरुको काममा पनि असर पुर्‍याउछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!