
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेका छन्। उनले नयाँ राजनीतिक अभियान अघि बढाउने उद्देश्यले कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएका छन्।

रास्वपाले शुक्रबार जारी गरेको प्रेस नोटमार्फत परियारको राजीनामा स्वीकार गर्दै आगामी यात्राका लागि शुभकामना दिएको छ। प्रेस नोट अनुसार, परियार नयाँ दिशासहितको राजनीतिक काममा जुट्ने तयारीमा छन्।
परियारले आजै आफ्नो पद तथा जिम्मेवारी त्यागेका हुन्।