विराटनगर/ विराटनगरस्थित कोशी अस्पतालमा भर्ना भएका विरामी र कुरूवालाई निःशुल्क खाना खुवाउने कार्यक्रम तीन साता संचालन गरेपछि शनिबारदेखि सम्पन्न भएकोे छ ।

लायन्स क्बल अफ विराटनगर हेल्थ प्रोफेसनलले २१ दिनसम्म विरामी र कुरूवालाई खाना खुवाउने कार्यक्रम संचालन गरेपछि दशैं प्रवेश गरेपछि बन्द गरिएको हो ।

क्बलले दैनिक अस्पतालका १ सय भन्दा बढीलाई निःशुल्क खाना खुवाउँदै आएको थियो । क्बलले मानवी सेवा अन्तरगत रहेर विरामी र कुरुवालाई खुवाउँदै आएको खाना शनिबारदेखि हाललाई स्थगन गरिएको लायन्स क्बल अफ विराटनगर हेल्थ प्रोफेसनलका द्धितीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक शम्भु साहले जानकारी दिए ।

क्लबले गत असोज ११ गते देखि निरन्तर २१ दिन बिरामीका कुरुवालाई खाना खुवाउदै आएका थिए । कार्यक्रमको अन्तिम दिन विरामी, कुरुवा र कार्यक्रममा सहभागिहरूले पनि खाना खाएर समापन भएको थियो ।

सोही अवसरमा क्बलले आठ जनालाई सम्मान गरेको छ । सम्मानितहरू कार्यक्रम संयोजक शम्भु साह, संस्थापक अध्यक्ष डा. बालकृष्ण साह, सचिब गजेन्द्र यादव, कोषाध्यक्ष प्रमोद साह, क्बलका निर्देशक ज्ञानबहादुर बस्नेतलाई सम्मान गरिएको थियो । यसैगरि सदस्यहरूमा विरेन्द्र देव, धमेन्द्र संग्रौला, संन्जिव पोखरेल, लवरेन्ज साह, तेज साह सम्मानित भए ।

सम्मानि भएकाहरूलाई लायन्स अन्तराष्ट्रिय ३२५ एवानका पुर्व गर्भनर लिला ढुङ्गेलले सम्मान गरे ।
चिकित्सक, जनस्वास्थ्यकर्मी, फार्मेसिष्ट, औषधी व्यवसायी तथा स्वास्थ्यकर्मीहरु संगठित भएर गतबर्ष मात्र स्थापित भएको लायन्स क्लब अफ बिराटनगर हेल्थ प्रोफेसनलले स्थापना कालदेखि समाजिक कार्यहरू गर्दै आएको छ ।
महामारीको रूपमा फैलिएको कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीहरूले समय निकालेर मानिवय सेवामा पनि खटिएको कार्यक्रम संयोजक साहले बताए । यस्तो विसम परिस्थितीमा पनि क्लबको संस्थापक अध्यक्ष डा. बालकृष्ण साहबाट समयको व्यवस्थापन गर्न सिक्दै उहाँको उत्प्रेणा र क्बलका सदस्यहरूको सहयोगले निरन्तर रूपमा कुरूवालाई तीन सातासम्म खान खुवाउन सफल भएको उनले बताए ।

क्लबका सचिव गजेन्द्र यादवले सञ्चालन गरेको औपचारिक कार्यक्रममा २१ दिन सम्म सहुलियत दरमा स्वस्थ्यकर खाना उपलब्ध गराएका द रोयल बिरियानी हाउसका सञ्चालक पप्पु अंसारी, मोरङ्ग स्वास्थ्य कार्यालय प्रमुख तथा क्लवका निर्देशक ज्ञान बहादुर बस्नेत, नेपाल वैश्य युवा संघ मोरङ्गका अध्यक्ष गणेश साह, जोनचियर पर्सन द्वय महेन्द्र साह र सुर्य नारायण चौधरी, संस्थापक अध्यक्ष तथा लायन्स अन्तराष्ट्रिय ३२५ एवानका हेल्थक्याम्प सर्भिस चिफ डा बालकृष्ण साहले बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!