हिपमत डटकम

आइतबार, कार्तिक ०२, २०७७ || 1135  पटक पढिएको

दाङ ।  दाङ र अर्घाखाँचीको सीमाना नजिकै टिपरले साइकल यात्रुलाई ठक्कर दिँदा छोरीको मृत्यु भएको छ भने बाबु गम्भीर घाइते भएका छन्।

दाङको गढवा गाउँपालिका- १ जुराउनीका २४ वर्षीया छोरी जमुना कुमालको मृत्यु भएको छ भने उनका बाबु ५७ वर्षीय बुद्धिराम कुमाल गम्भीर घाइते भएका छन्।

जमुनाको उपचारका लागि लमहीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी नायव निरीक्षक नन्द पोखरेलले बताए।
गम्भीर धाइते बुद्धिरामलाई उपचारका लागि लमही पठाइएको पोखरेलले बताए।

आइतबार दिउँसो पौने १ बजेतिर पूर्वतर्फ जाँदै गरेको रा १ ख २०२१ नम्बरको टिपरले साइकलमा भालुवाङतर्फ आउँदै गरेका बाबु-छोरीलाई ठक्कर दिएको पोखरेलले बताए। घटनाबारे अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले बताएको छ। सेतोपाटी बाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!