खबर ठुलो छ
बिहारमा नितिष कुमार नै मुख्यमन्त्री !

लोक जनशक्ति पार्टीका चिराग पासवान एनडीए गठबन्धनबाट अलग

हिपमत डटकम

भारतका गृहमन्त्री अमित शाह

भारतका गृहमन्त्री अमित शाहले शनिबार एक अन्तरवार्तामा बिहार चुनाव, भारत–चीन सीमामा जारी गतिरोध, पश्चिम बंगाल चुनाव, धारा ३७०, सुशान्त सिंह राजपूत मामिला र तनिष्कको विज्ञापन समेत कयौँ मुद्दामा आफ्नो कुरा राखेका छन् । कोरोनाभाइरसको संक्रमण ठीक भएपछि अमित शाहले पहिलोपटक सार्वजनिक रुपमा यस विषयमा बयान दिएका हुन् ।

नेटवर्क १८ लाई दिएको अन्तरवार्तामा शाहले बिहार चुनावबारे कुराकानी गर्दै नितिश कुमार नै बिहारको मुख्यमन्त्री रहने स्पष्ट पारे । ‘जबदेखि नितिश कुमारसँग हाम्रो सरकार बनेको थियो, त्यहीँबाट नै बिजेपीले तय गरेको थियो कि विधानसभा २०२० को चुनावमा उनकै नेतृत्वमा चुनाव लड्नेछौँ । जसले भ्रम फैलाउन चाहन्छन्, त्यसलाई फूल स्टप लगाउन चाहन्छौँ,’ उनले भने ।

यदी बिहार बिधानसभा चुनावमा बिजेपीले धेरै सिट पायो भने, त्यो स्थितिमा के हुन्छ ? भन्ने प्रश्नमा शाहले एनडीएलाई दुई तिहाई बहुमत आउने र नितिष कुमार नै मुख्यमन्त्री बन्ने कुरा दोहोर्याए ।

 

यता, लोक जनशक्ति पार्टीका चिराग पासवान एनडीए गठबन्धनबाट अलग भएका छन् । यसका बावजुद उनले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आफ्नो निष्ठा जाहेर गरेका छन् ।

अन्तरवार्तामा शाहलाई के महाराष्ट्र भर्सेस बिहार बनेको बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको मामिला पनि चुनावी मुद्दा हो ? भनेर पनि प्रश्न गरिएको थियो । जवाफमा शाहले जमिन स्तरमा ल्याएको मामिला कति चुनावी मुद्दा बन्यो भन्ने आफूलाई थाहा नभएको बताए ।

‘यदी यो मुद्दा बनेको छ भने पनि हामी यसको कारण होइनौँ । यदी सीबीआईलाई नै पहिले जाँच गर्न दिएको भए यो मुद्दा नै बन्दैन थियो,’ उनले भने ।

भारत–चीन सीमामा महिनौँदेखि जारी गतिरोधको समाधान र भारतीय सीमामा चीन प्रवेश गरेको बारे भने शाह निकै बचेर बोलेका थिए । उनले भने, ‘दुई देशका सेना र राजनीतिक नेतृत्वबीच छलफल भइरहेको छ । हामी हाम्रो भूमिको एक इन्च जमिनको बारेमा पनि जागरुक छौँ र यसलाई कसैले कब्जा गर्न सक्दैन ।’ उनले देशको सेना रक्षाको लागि सधैँ तयार रहेको जिकिर गरे ।

आइतबार, कार्तिक ०२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया