रबिन्द्र बराल

आइतबार, कार्तिक ०२, २०७७ || 823  पटक पढिएको

श्री ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था काे एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।रंगेली नगरपालिका ६ स्थित कार्यलय अगाडि उक्त साधारणसभा गरिएको थियो । साधारणसभामा आर्थिक बर्ष ७६ /७७ को आयव्यय प्रस्तुत गरिएको थियो । संस्थाले कुल लगानी २९ लाख रुपैयाँ नगद माैजादात २० लाख २८ हजार १२ रुपैयाँ बैक माैजादात ३८ लाख ९३ हजार २२ रुपैयाँ र ऋिण ७८ लाख ४८ हजार ८ सय ९८ रुपैयाँ रहेको छ । उक्त संस्थामा ४ सय ३३ जना सदस्य रहकाेे मा १सय २४ जना लाई ऋिण समेत दिएकाे संस्था का सचिव अशाेक मंण्डल ले बताए । संस्थाले रंगेली नगरपालिका , सुनवर्सि नगरपालिका , धनपालथान गाउँ पालिका का क्षेत्रमा कृषि, शैक्षिक, व्यवसायिक, चर्पि, धितो कर्जा, फाईनान्स लाई वितिय कारोवार गर्दे आइरहेको छ । उक्त सहकारी ले प्रधानमन्त्री कृषि आधुनकिकरण काेे सहयोग बाट चिलिंग भ्याट र जिउँदो माछा बिक्री केन्द्र उद्घाटन समेत गरेको छ । उक्त बिक्री केन्द्र काे भूमि व्यवहथा कृषि तथा सहकारी का माननिय राज्य मंत्री राम वहादुर मगर रिवन काटेर उद्धाटन गरेका छन । कार्यक्रममा रंगेली का मेयर दिलिप बगडिया, स्थानीय मनाेज अग्रावल, स्थानीय बुद्धि समाजसेवी लगात काेे समेत उपस्थिति रहेको थियोे । साेहि क्रममा रंगेली ४ मा रहेको काेलड् स्टाेर काे समेत मन्त्री ले निरिक्षण गरेका थिए । उक्त काेलस्टाेरमा मन्त्रीले सहयोग गर्ने प्रतिवध्यता जनाएका छन । उक्त साधारणसभा मा अतिथि हरु लाई माया काे चिनाे समेत बितरण गरेका थिए । कार्यक्रम मा सस्थान का अध्यक्ष संतोष कुमार मंडल काे सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!