खबर ठुलो छ

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा झापामा तीन तथा मोरङ र सुनसरीमा एकएक छन् ।

सामाजिक विकास मन्त्रालयले हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङख्या १२९ पुगेको जनाएको छ । प्रदेशमा सोही अवधिमा ४८१ कोरोना सङ्क्रमणका बिरामी थप भएका छन् । उक्त अवधिमा गरिएको एक हजार ४५० जनाको पिसिआर परीक्षणमा १९९ महिला र २८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यसरी थप हुने सङ्क्रमितमा विराटनगरमा १२४ सहित मोरङमा १९५, सुनसरीमा १७०, झापामा ७२, सङ्खुवासभामा १५, इलाममा नौ, खोटाङमा चार, भोजपुरमा एक र प्रदेश बाहिरका १५ जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या १३ हजार १८३ पुगेको छ । हालसम्म एक लाख ४५ हजार ३८३ जनाको पिसिआर परीक्षण सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।रासस

शनिबार, कार्तिक ०१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • प्रदेश १ को नाम के राख्दा ठिक होला ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया