हिपमत डटकम
ईटहरी,३ माघ: गएको २ वर्षयता प्रेम सम्बन्धमा रहेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले दुईपटक इन्गेजमेन्ट समेत गरिसकेका छन् । तर, विवाहको मिति भने अहिलेसम्म्म टुंगो लाग्न सकेको छैन । बुधवार आफ्ना केही नजिकका साथीसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड उडेपछि प्रियंकाले यसै वर्ष विवाह गर्न लागेको चर्चा सुरु भएको छ । उनले इन्स्टाग्राम स्टोरीमा आफ्नो ब्याचलर पार्टीका थुप्रै तस्विरहरु पोष्ट गरेकी छन् ।
उनी ब्याचलर पार्टी मनाउन सहाना बज्राचार्य, सिवांगी प्रधानलगायत आफ्ना केही निकट साथीसँग थाइल्याण्ड प्रस्थान गरेकी हुन् । अभिनेत्री प्रियंकाले इन्स्टाग्राम स्टोरीमा साझेदार गरेका तस्विरहरुमा उनी आफ्ना साथीहरुसँग मस्ती मुडमा देखिएकी छन् । आयुष्मान प्रियंका यस वर्षको असारमा विवाह गर्ने तयारीमा थिए । तर, दुवैतर्फका परिवारको समय नमिलेपछि विवाह हुन सकेन । गएको महिना अभिनेत्री ऋचा शर्माको रिसेप्सन पार्टीमा अभिनेत्री प्रियंकाले परिवारका सदस्यहरुको समय नमिलेका कारण यस वर्ष विवाह नहुने बताएकी थिइन् ।
साथीहरुसँग ब्याचलर पार्टी मनाउँदै गर्दा प्रियंकाको विवाहको मिति नजिकिएको अनुमान गरिएको छ । तर, उनले यस विषयमा मुख खोलेकी छैनन् । स्रोतका अनुसार, यस वर्षको फागुनभित्र प्रियंका र आयुष्मानको विवाह हुनसक्छ । यद्यपि, यस विषयमा दुवैले कुनै जानकारी दिएका छैनन् । आयुष्मानसँग अभिनेत्री प्रियंकाले दोस्रो विवाह गर्न लागेकी हुन् ।