शुक्रबार, माघ ०३, २०७६ || 1097  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,३ माघ :के तपाईंले जुनकिरी देख्नु भएको छ ? देख्नु भएको छ भने अवश्य तपाईंले त्यसको जीउमा कहिले बल्ने र कहिले निभ्ने बत्ती पनि देख्नु भएको छ होला । विशेष गरेर स–साना केटाकेटीहरु त्यसको अनौठो बत्ती देखेर आकर्षित हुने गर्छन् । त्यही भएर उनीहरु त्यसलाई पक्रेर बोतलमा राख्न वा हातले समाउन मन पराउँछन् । जुनकिरीले हामी सबैलाई अचम्ममा पारेको छ । वैज्ञानिकहरु पनि त्यसको शरीरमा हुने अनौठो क्रियाकलापको बारेमा धेरै लामो समयदेखि अध्ययन गरिरहेका छन् ।

वास्तवमा जुनकिरीको जीउमा बल्ने बत्ती हाम्रो घरमा हुने अन्य बत्तीहरु जस्तै नै हो । फरक यति मात्रै छ कि अरु बत्तीहरु बल्दा ताप उत्पन्न हुन्छ तर जुनकिरीको बत्ती भने तापबिना नै बल्ने गर्छ । यसरी उत्पन्न हुने विशेष खाले प्रकाशलाई ‘ल्यूमिनेसेन्स’ (Luminescence) भनिन्छ । जुनकिरीमा यस्तो प्रकाश ‘लुसिफेरिन्’ (Luciferin) नामक तत्त्वको कारणले उत्पन्न हुने गर्छ । यो तत्त्व अक्सिजनसँग मिलेर प्रकाश उत्पन्न गर्ने गर्छ ।

तर प्रकाश उत्पन्न गर्ने यो प्रक्रिया ‘ल्यूसिफेरेज्’ (Luciferase) नामक अर्को तत्त्व नभएसम्म सम्भव हुँदैन । ल्यूसिफेरेजले यो रासायनिक प्रक्रिया पूरा गर्न मद्दत गर्छ तर आफू स्वयम् भने यो प्रक्रियामा संलग्न हुँदैन । जुनकिरीको शरीरमा यी दुबै तत्त्वहरु हुने गर्छन् । लुसिफेरेजले लुसिफेरिनलाई अक्सिजनसँग मिलेर बल्नमा मद्दत गर्छ ।

अहिले वैज्ञानिकहरुले यस्तै प्रकाश प्रयोगशालामा उत्पन्न गर्न सफल भएका छन् । तर प्रकाश उत्पन्न गराउन चाहिने रसायन भने उनीहरुले आफैं प्रयोगशालामा बनाउन सक्तैनन् । त्यही भएर यसमा चाहिने समाग्रीहरु जुनकिरीबाट नै लिनुपर्छ । ती रसायनहरु कसरी बन्छन् भन्ने कुरा वैज्ञानिकहरुले अझै पनि पत्ता लगाउन सकेका छैनन् । यो अहिले पनि प्रकिृतिको एउटा नसुल्झिएको रहस्यको रुपमा रहेको छ ।

जुनकिरीले यस्तो प्रकाश किन उत्पन्न गर्छ त ? यो प्रश्न पनि तपाईंहरुको मनमा उठ्न सक्छ । यसको बारेमा वैज्ञानिकहरुले विभिन्न विचारहरु प्रस्तुत गरेका छन् । कसैले उनीहरु आफ्नो जोडी खोज्नका लागि यस्तो प्रकाश उत्पन्न गर्ने गर्छन् भनेका छन् । कसैले भने तिनीहरुले राती सिकार गर्ने चराहरुलाई तर्साउन त्यसो गर्ने गरेको कुरा अघि सारेका छन् । यसले तिनीहरु त्यस्ता चराहरुको आहारा हुनबाट बच्ने कुरा पनि बताएका छन् । अझ कसैले त यो केवल रसायनिक प्रक्रिया मात्र हो भन्ने विचार अघि सारेका छन् । यसको पछाडि कुनै पनि उद्देश्य छैन भन्ने उनीहरुको विचार रहेको छ । प्रकाश उत्पन्न भएर न त जुनकिरीलाई फाइदा गर्छं न त हानि नै गर्छ । यसले तिनीहरुको शारीरिक प्रक्रियामा कुनै ठूलो भूमिका नखेल्ने कुरा पनि अनुसन्धानकर्ताहरुले बताएका छन् ।

तर माथिका कुराहरु तर्कका रुपमा मात्र रहेका छन् । जुनकिरीले बत्ती बाल्नुको ठोस कारण अझै पनि वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन् । यसको पछाडि अरु नै रहस्य रहेको अनुमान वैज्ञानिकहरुले गरेका छन् ।

कारण जे भए पनि जुनकिरीको बत्तीले हामी सबैलाई रोमाञ्चित पारेका छन् । तिनीहरुलाई हेर्दा हाम्रो मनमा विशेष आनन्द आउँछ । तिनीहरुले रातको वातावरणलाई पनि रमाइलो बनाइदिन्छन् । त्यही भएर होला, कविहरुले पनि तिनीहरुको बारेमा थुप्रै कविता लेखेका छन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!