बीरेन्द्रकुमार साह

शनिबार, कार्तिक ०१, २०७७ || 936  पटक पढिएको

नोबेल अस्पतालको लापरबाहीले शुक्रवार   एक जना महिलाको मृत्यु भएको छ । किड्नीको बिरामी रहेको विराटनगर ३ निवासी ५२ वर्षीय महिलाको स्वास्थ्यकर्मीकै लापरबाहीले ज्यान गएको आफन्तले आरोप लगाएका छन् ।
बिरामीको मृत्युपछि आफन्तहरुले अस्पताल परिसरमा विरोध प्रदर्शन समेत गरेका थिए ।

सोही क्रममा समाचार संकलन गर्न गएका पत्रकारहरु माथी समेत प्रहरीले जथाभावी लाठी चार्ज गरेको छ । प्रहरीले जनता कुटेको भिडियो कैद गरेको निहुमा पत्रकारमाथी समेत लाठी चार्ज गरेको हो ।

घटनाको सामान्य समाचार सँकलन गर्न गएका   जेनवन न्युजको शिवम मिश्रा,क्यामेरम्यान अमर चौधरी , र टाइम्सपाटीको रिपोर्टर हुस्सैन सेख माथि लाठी चारज गरेकाे छ । प्रहरीलाई   अाफू पत्रकार हु त्यसाे नगर्नु भन्दा पनि प्रहरीले भाटा बजारेकाे थियाे । टाइम्सपाटीका हुसैन सेखले प्रेस लेखेको ज्याकेट लगाएको भए पनि प्रहरीले सो कुरालाई नजरअन्दाज गर्दै पिटेका छन् ।
प्रहरी मेराे साथी र मुस्कान सहितकाे सेबा दिने प्रहरीले अाफ्नै ६५ औ बर्षगाठँकाे दिन याे किसिमकाे ब्यव्हारले प्रहरीमाथीको जनताकाे बिश्बास हराउँदै गईरहेकाे देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!