खबर ठुलो छ

बलिउडका अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूरले विवाह गरेको ८ वर्ष भइसकेको छ । उनीहरु आफ्नो वैवाहिक जीवनमा निकै खुशी छन् । तर, विवाह गर्नका लागि करीनाले सैफको प्रपोज दुईपटक अस्वीकार गरेकी थिइन् । करीना उनका पूर्वप्रेमी शाहिद कपूरसँग थुप्रै वर्ष सम्बन्धमा रहेर छुट्टिएकी थिइन् । शाहिदसँग ब्रेकअप भएपछि करीनालाई सैफले फिल्म सुटिङको क्रममा प्रपोज गरेका थिए तर करीनाले सैफलाई अस्वीकार गरिदिइन् ।

फेरि करीना बिदा मनाउन गएको समयमा सैफले विवाहको लागि प्रस्ताव राखे । पहिलो र दोस्रो पटक करीनाले अस्वीकार गरिन् तर तेस्रोपटक पेरिसको नोटरड्याम चर्चमा गएर सैफले प्रस्ताव राखे र करीनाले स्वीकार गरिन् ।

शनिबार, कार्तिक ०१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया