खबर ठुलो छ

बलिउडका किङ शाहरुख खान लामो समयपछि फिल्म ‘पठान’ मार्फत ठुलो पर्दामा देखिँदैछन् । एक्सन प्रदान यो फिल्ममा अभिनेता जोन अब्राहम पनि मुख्य भूमिकामा रहेका छन् । जोनले फिल्ममा भिलेनको भूमिका निर्बाह गर्न लागेका हुन् । फिल्ममा जोन र शाहरुखको दमदार टक्कर रहनेछ । यस अगाडि जोनले ‘धुम’ फिल्मको भिलेन भूमिकाबाट सबैको मन जितेका थिए । ‘पठान’ का लागि जोनले एक खास लुक्स समेत बनाएको बलिउड मिडियाले जनाएका छन् ।

‘बाटला हाउस’, ‘सत्यमेव जयते’ र ‘पोखरण’ जस्ता फिल्म अभिनय गरेका जोनको ‘पठान’ अभिनय पनि दमदार हुने अपेक्षा गरिएको छ । केही देशभक्ति र एक्सन फिल्म अभिनयबाट दर्शकको मन जित्न सफल समेत जोनले ‘पठान’ को भिलेन अभिनय समेत दर्शकले रुचाउने विश्वास लिएका छन् ।

फिल्ममा शाहरुख र जोनको अलवा दीपिका पादुकोण पनि मुख्य भूमिकामा रहने छिन् । फिल्ममा दीपिकाको पनि अहिलेसम्मकै फरक भूमिका रहने निर्माण युनिटले जनाएको छ । सिद्धार्थ आनन्दले निर्देशन गर्न लागेको यो फिल्म एक्सन प्रधान हुनेछ । यस अगाडि ‘बंैग बैंग’ र ‘वार’ जस्ता हिट फिल्म दिएका सिद्धार्थको यो फिल्म यशराज फिल्मस्को ब्यानरमा बन्न लागेको हो ।

शुक्रबार, आश्विन ३०, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया