शुक्रबार, आश्विन ३०, २०७७ || 508  पटक पढिएको

सोसल मिडियामा अक्षय कुमार र कियारा आडवाणीको आगामी फिल्म ‘लक्ष्मी बम’ बहिष्कारको माग उठेको छ । फिल्ममा लभ जिहादको आरोप लागेको छ । हालै तनिष्कको एक विज्ञापनमा लभ जिहादलाई प्रोत्साहन गरेको आरोप लागेको थियो । अब यसपछि अक्षय कुमार र कियारा आडवाणीको आगामी फिल्म रडारमा आएको छ ।

यो फिल्म दिवालीमा रिलिज हुँदैछ । फिल्ममा अक्षय कुमारले आसिफको भूमिका निभाइरहेका छन् । यस्तै कियारा आडवाणीले प्रियाको भूमिका निभाइरहेकी छिन् । फिल्ममा पात्रको नामलाई आधार बनाएर बहिष्कार गर्ने माग उठेको हो ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘के यो सही हो ? फिल्मको नाम के होला ‘लक्ष्मी बम’ र यो दिवालीको अवसरमा रिलिज हुनेछ र पात्रको नाम हुनेछ आसिफ र प्रिया । यी मानिसहरुले लभ जिहादलाई कि प्रोत्साहन दिइरहेका छन् । कुन प्रकारको कल्चरलाई प्रोत्साहन दिइरहेका छन् ? ‘लक्ष्मी बम’ को विरोध गर्नुहोस् । ’

अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘लक्ष्मी बमको तर्फबाट म यो जान्न चाहन्छु कि किन फिल्मको पात्रको नाम राघवबाट फेरेर आसिफ गरिएको छ ?’ यो फिल्म एक व्यक्तिमा आधारित छ जसलाई एक तेस्रोलिङ्गी भूतको छायाले समात्ने गर्छ । फिल्ममा अक्षय कुमारको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!