बिहिबार, आश्विन २९, २०७७ || 850  पटक पढिएको

कंगना रनौट आउने फिल्म ‘थलाइवी’ को कारण हाल चर्चामा छिन् । यो फिल्ममा कंगना तमिलनाडुका पुर्व सीएम जयललिताको भुमिकामा देखिनेछिन् । ९० दशककी प्रख्यात अभिनेत्री मधु शाहले पनि यस फिल्ममा हस्ताक्षर गरेकी छिन् ।

पछिल्लो समाचार अनुसार थलाइवीमा मधु शाह तमिलनाडुको पुर्व सीएम एमजिआर को पत्नीको रोलमा देखिनेछिन् । एमजिआर र जानकी अम्माको जयललिताको जिन्दगीमा गहिरो असर परेको थियो । मधु शाह जानकी अम्मा बन्न पाएकोमा धेरै उत्साहित भएकी छिन् । उनले यस भुमिकाको लागि धेरै मेहेनत गर्ने पनि बताएकी छिन् । मधुले एमजिआरको पत्नीको आफ्नो भुमिकाको लागि पुराना भिडियो हेर्ने, हिड्ने बोल्ने स्टाइल देखि सबैकुरा फलो गर्न थालिसकेकी छिन् ।

मधु शाहलाई फिल्म फुल और कान्टेले हिन्दी फिल्ममा अभिनयको यात्रा अगाडी बढाएको थियो । अब उनी जयललिताको बायोपिक थलाइवीको अलावा वेब सीरीजमा पनि देखिने भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!