बीरेन्द्रकुमार साह

बिहिबार, आश्विन २९, २०७७ || 1065  पटक पढिएको

नेप्से सप्ताहको अन्तिम दिन आज विहिवार हरियो झण्डा एक कदम अगडी बढेर बजार बन्द भएको छ । लगातार ओरालो लागेको नेप्सेमा यस सप्ताहमा दुई दिन मात्र हरियो झण्डा देखिएको छ । आजको बजार कारोबार १.२९ अंक बढेर १५६२.४६ मा बन्द भएको छ ।

आज बजारको शुरुवात सकारात्तमक रुपले १५८० को तीव्र गतीमा अगाडी बढे पनि केहि बेरमै तल झर्दै अगाडी बढि रहे । समान्य तलमाथी हुँदै निरन्तर ओरालो लागेको बजार १५६२.४६ मा बन्द भएको छ ।  १ अर्व ४२ करोड ५८ लाख ९० हजार ७ सय ३८ को टर्नअभर भएको आजको बजारमा १९६ कम्पनीको सहभागीता रहेको थियो । त्यस्तै आजको शेयर ट्रेड ४९ लाख ९४ हजार ३ सय ६७ रहेको छ ।

आजको बजारमा बैंकिङ्ग, ट्रेडिङ्ग, हाइड्रोपार, मिच्वल फण्ड तथा अन्यमा हरियो देखिए पनि अन्य सबैमा रातो नै देखिएको छ । आजको सुस्त कारोबारमा दशैं छुटिको प्रभाव देखिएको छ । अब आउने दिनमा नेप्सेको चाल के हुन्छ सबैको लागि चासोको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!