सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नम्बर–१० को नङ्गुरवा कियोट टोलमा अदालतको आदेशको अवज्ञा गर्दै सार्वजनिक दलान निर्माणको कार्य भैरहेको छ ।  निर्माणाधिन सार्वजनिक दलानको पछाडी सोही नगरपालिका वडा नम्बर–७ निवासी रामकुमार महतोको (कित्ता नम्बर १०६ को १ कठ्ठा २ धुर) निजि जग्गाको मुखै बन्द हुनेगरी नगरपालिकाले सार्वजनिक जग्गामा भवन निर्माण गरि रहेको जग्गाधनी महतोको छोरा देवचन्द्र कुमार सिंहद्वारा जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।

सिंहले जग्गाको मुखै छेकने गरी भई रहेको भनव निर्माण कार्यमा रोक लागउन उच्च आदालत जनकपुर राजविराजमा सुखिपुर नगरपालिकालाई बिपक्षी बानाई मुद्दा दिएको र सम्मानित आदालतले मुद्दाको छिनोफानो नभए सम्म भवन नबनाउन आदेश दिएको भएतापनि भवन निर्माण कार्य बन्द नभएको पत्रकार सम्मेलनमा बताएका छन् ।

यस विषयमा सम्बन्धित वडा नं. १० का वडा अध्यक्ष रामलखन महतोले उक्त भवन निर्माणको विषयमा नगरपालिकाले आफुहरु संग छलफलै नगरि भवन निर्माण गर्न लागेको र यसको लागतको विषयमा समेत आफुहरुलाई जनाकारी नभएको बताएका छन् । त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा.श्रवणकुमार साहले समेत यस विषयमा मेयरलाई नै थाह छ भन्दै आफुलाई खासै जानकारी नभएको बताएका छन् ।

स्थलगत रुपमा रिपोर्टिङ गर्न जाँदा भवनको निर्माण काम भैरहेको देखिए पनि कार्य विवरण सहितको सार्वजनिक सूचना पार्टी रहेको थिएन । नगरपालिकाले करिब ३० फिट लामो र १९ फिट चैडाई भएको एक तल्ले भवन निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!