बिहिबार, आश्विन २९, २०७७ || 712  पटक पढिएको

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका छोरा पनि कोरोना भाइरसबाट संक्रमित भएका थिए । ट्रम्पकी पत्नी मेलानियाले उनीहरूका १४ वर्षीय छोरा ब्यारनमा पनि कोरोना भाइरस पुष्टी भएको जानकारी गराएकी हुन् । एउटा व्यक्तिगत अनुभव सार्वजनिक गर्दै मेलानियाले ब्यारनमा पनि कोभिड–१९ देखिएपछि उनीहरूको मनमा रहेको डर सत्यमा परिणत भएको बताएकी हुन् ।

हाल ब्यारन निको भाईसकेका छन् । दुई साताअगाडि राष्ट्रपति ट्रम्प र मेलानिया दुवै कोरोना भाइरसबाट संक्रमित भएपछि निको भइसकेका छन् । मेलानियाले आफूमा कोभिड–१९ का कारण जीउ दुखेको, खोकी लागेको र थकान अनुभव भएको बताएकी छन् । उनले अरूलाई सकेसम्म स्वस्थ जीवनशैली अपनाउन, सन्तुलित आहार र ताजा हावा लिन सुझाव दिएकी छन् । ह्वाइट हाउसका थुप्रै कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!