अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाबाट संक्रमित भएपछि पहिलो पटक चुनाव र्याली गरेका छन् । एक दिन अघि मात्रै उनका डाक्टरले उनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको बताएका थिए ।फ्लोरिडामा आयोजित उनको लगभग एक घण्टा लामो भाषणमा उत्साहित समर्थक सामू उनले भने, ‘ म अब शक्तिशाली महसुस गरिरहेको छ र र्यालीमा आएका हरेक व्यक्तिलाई चुम्न सक्छु किनभने अब म यो रोगबाट इम्युन भइसकेको छु ।’

उनले आफ्नो भाषणमा त्यहि कुरा गरे जुन उनले गर्दै आएका छन् । जस्तै उनले आफ्ना प्रतिद्वन्द्वी जो बाइडेनलाई बामपन्थी खेमाको पुत्ला बताए र मिडियालाई पक्षपाती बताए । प्रदेशको सेन्फर्ड शहरमा भएको र्यालीमा सामाजिक दुरीको कुनै पालना गरिएन न नै मानिसहरुले मास्क लगाएका थिए ।

३ नोभेम्बरमा हुन लागेको चुनावमा अब तीन हप्ता मात्रै समय बाँकी छ । ट्रम्पका प्रतिद्वन्द्वी नो बाइडेन मतदान पूर्व सर्वेक्षणमा १० अंकले अघि बढिरहेका छन् । यद्यपि, केही महत्वपूर्ण प्रदेशमा यो अन्तर खासै धेरै छैन । डोनल्ड ट्रम्प ११ दिन अघि कोरोना संक्रमित पाइएका थिए जसका कारण उनलाई वाल्टर रिड मेडिकल सेन्टरमा भर्ना गरिएको थियो ।

तर गत आइतबार उनका नीजि डाक्टरले अब उनीबाट कसैलाई पनि कोरोना संक्रमण हुने खतरा नभएको बताएका थिए । त्यसको एकदिन पछि अर्थात् सोमबार उनले ट्रम्पको सबै परीक्षण नेगेटिभ आएको बताएका थिए । यद्यपि, उनले ती परीक्षण कति दिनमा गरिएको थियो भन्ने जानकारी दिएनन् ।

फ्लोरिडामा आफ्नो भाषणमा कोरोना संक्रमणबाट निको भइसकेपछि राष्ट्रपति ट्रम्पले भने, ‘उनीहरुले भनिरहेका छन् कि म इम्युन हुँ । मलाई पनि म शक्तिशाली भइरहेको महसुस भइरहेको छ । म तपाईंहरुको बीचमा आएर जोसुकैलाई चुम्न सक्छु । म पुरुषलाई पनि चुम्नेछु र सुन्दर महिलालाई पनि । म तपाईंहरुलाई एउटा ठूलो मोटो चुम्बन दिनेछु ।’ डोनल्ड ट्रम्पले दुई अक्टोबरमा आफू र श्रीमती मेलानिया ट्रम्प कोरोनाद पोजेटिभ भएको जानकारी दिएका थिए ।

उनले आफैंले ट्वीट गरेर उनी आफ्नी श्रीमतीसहित क्वारेन्टिनमा बस्ने बताएका थिए । ट्रम्पले महामारी सुरु हुँदा पनि यो भाइरसलाई खासै गम्भीरतापूर्वक लिएका थिएनन् । सुरुवाती समयमा उनी मास्क पनि लगाउँदैनथे । साथै उनी लकडाउन गर्ने पक्षमा पनि थिएनन् ।

तर फ्लोरिडाको र्यालीलाई हेर्दा यस्तो लाग्दैन कि संक्रमणपश्चात् उनको सोचमा परिवर्तन आएको छ । यसपछि पनि उनी अबको केही दिनमा पेन्सिल्वेनिया, आयोवा र नर्थ क्यारोलाइनामा पनि र्याली गर्ने तयारीमा छन् र त्यहाँ पनि सामाजिक दुरीलाई ध्यानमा राखिने कुरामा धेरैले शंका व्यक्त गरेका छन् ।

ट्रम्पका प्रतिद्वन्द्वी जो बाइडेनले राष्ट्रपतिको व्यवहारको निन्दा गरेका छन् । उनले भने, ‘राष्ट्रपति ट्रम्प आज स्यानफर्ड आए र पुनः गैरजिम्मेवारीयुक्त मानिसहरुलाई विभाजन गर्ने र मानिसहरुलाई तर्साउने कुरा गरेर गए ।’

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!