मंगलबार, आश्विन २७, २०७७ || 576  पटक पढिएको

मुलुकको संघीय राजधानी सहर काठमाडौं उपत्यकामा कोरोना संक्रमण दिनहुँ बढ्दो छ। सोमबार देशभर ४ हजार ४७ जनामा संक्रमण पुष्टि हुँदा ५६ प्रतिशत अर्थात् २ हजार २ सय ८२ जना उपत्यकाकै छन्। पछिल्ला दिनमा यहाँका अस्पतालमा कोरोना भाइरस बिरामीका लागि सघन उपचार कक्ष (आइसियु) मा शड्ढया र भेन्टिलेटर अभाव चुनौतीको विषय बनेको छ। यस्तो अवस्थामा महामारीको कहर थप पेचिलो बन्न नदिन बिरामीलाई सघन उपचार कक्ष तथा भेन्टिलेटर चाहिने चरणमा पुग्न नदिन अक्सिजन थेरापी महत्वपूर्ण हुने देखिएको छ। अक्सिजनको सुविधासहित तत्काल अस्थायी कोभिड–१९ उपचार केन्द्र स्थापना गर्न सकिए यो संकटलाई थप बिग्रनबाट जोगाउन सकिने विज्ञले बताएका छन्।

शुक्रराज तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले अक्सिजन सुविधासहित समुदाय स्तरमा तत्काल आइसोलन सेन्टर अथवा अस्थायी संरचना बनाउँदा समस्या थप जटिल हुनबाट जोगाउन सकिने बताए। ‘कोरोना भाइरसका कुल संक्रमितमध्ये लगभग ५ प्रतिशतलाई जटिल संक्रमण हुन सक्ने तर्क गर्दै उनी भन्छन्, ‘भेन्टिलेटर र आइसियुको चरणमा पुग्न नदिन अक्सिजन थेरापीले सहयोग गर्छ।’

‘इन्टरनेसनल जर्नल अफ इन्फेक्सियस डिजिज’ को सेप्टेम्बरको अंकमा प्रकाशित एक अध्ययनका अनुसार मानिसको शरीरमा भाइरस बढ्ने क्रम रोक्न तथा त्यसविरुद्धको प्रतिरक्षा प्रणालीलाई सुधार गर्न बेलुका दिइने अक्सिजन थेरापीले कोभिड–१९ रोगीलाई थप जटिल हुनबाट बचाउने देखाएको छ। कोरोनाविरुद्ध प्रभावकारी एन्टिभाइरल थेरापी अथवा प्रतिरक्षा प्रणालीमा आधारित उपचार नभएको अवस्थामा रोगलाई सामान्यबाट जटिल अवस्थामा जानबाट रोक्न चुनौती छ। रोगको सुरुका चरणमा राति उपलब्ध गराइने अक्सिजन थेरापी धेरै उपयोगी हुने सो शोधपत्रमा उल्लेख छ। चीनका अस्पतालमा अक्सिजन थेरापीको व्यापक प्रयोग भएको थियो।

उक्त शोधपत्रमा राति भाइरसको आक्रमण बढी सशक्त हुने भएकाले अक्सिजन अभाव खड्किन नदिन घरमै आइसोलेसनमा बसेका फोक्सोका बिरामीलले अक्सिजन थेरापी गर्नुपर्ने उल्लेख छ। श्वासप्रश्वासको समस्या भएकालाई यसअघि पनि अक्सिजन थेरापीको प्रयोग हँुदै आएको छ। यो समाचार आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!