सोमबार, आश्विन २६, २०७७ || 1894  पटक पढिएको

चाडपर्व नजिकिँदै गर्दा जिल्ला प्रहरी कार्यालय मोरङले यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

चाडपर्वको समयमा कोरोना भाइरस तीव्र रुपमा बढन सकने, दुर्घटना न्यूनीकरण तथा यात्रुहरुको सेवा सुविधाका लागि मोरङका चार स्थानहरुमा क्रमश : विराटनगर बसपार्क, विराटचोक, पथरीशनिश्चरे पूर्व बस स्टेन्ट र बेलबारी पूर्व बस स्टेन्टमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरिक्षक मान बहादुर राईले जानकारी दिए ।

प्रवक्ता राईका अनुसार क्षमताभन्दा बढी यात्रु राखेकोमा, द्रुत गतिमा सवारी साधन चलाएमा, बढि भाडा लिएमा, चालक सहचालक लगायत अन्य यात्रुहरुले मापसे गरी कुनै पनि किसिमको दुर्व्यवहार तथा हिंसा लगायतका कार्य गरेमा साथै कोभिड १९ को प्रोटोकल मापदण्ड भन्दा बढी यात्रु राखेको खण्डमा अथवा यात्रुहरुलाई अन्य कुनै समस्य परेमा तल उल्लेखित नम्बरमा यात्रुहरुले सम्पर्क गर्न सकिने प्रवक्ता राईले जानकारी दिए ।

ठाउँ र नम्बर यस प्रकारका छन् :-

विराटनगर बसपार्कका लागि सम्पर्क नम्बर:-  ९८४२१०४९११,
विराटचोकका लागि सम्पर्क नम्बर:- ९८४२०७७०९४,
पथरीका लागि सम्पर्क नम्बर:- ९८२४९५९०१४ र
बेलबारीका लागि सम्पर्क नम्बर:- ९८४३६९६०५१

यो पनि हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!