सोमबार, आश्विन २६, २०७७ || 768  पटक पढिएको

बंगलादेशमा बलात्कारीलाई फाँसीको सजाय दिने गरी कानुन संशोधन गरिएको छ । बलात्कारका घटनामा लगातार बढोत्तरी हुन थालेपछि बंगलादेश सरकारले कानुन संशोधन गर्दै दोषीलाई कठोर सजायको व्यवस्था गरेको हो ।
बंगलादेशका कानुनमन्त्री अनिसुल हकका अनुसार राष्ट्रपतिले हस्ताक्षर गरेपछि मंगलबारबाट यो कानुन लागू हुनेछ ।

केही अघि बंगलादेशमा सामुहिक बलात्कारको एउटा घटनाको विरोधमा देशव्यापी प्रदर्शन भएको थियो । प्रदर्शनकारीले बलात्कारीलाई कठोर सजायको व्यवस्था गर्न सरकारसँग माग गर्दैै आएका थिए ।
बंगलादेश प्रहरीको तथ्यांकअनुसार गत वर्ष करिब साढे पाँच हजार बलात्कारका घटनामा उजुरी परेको छ । तर त्यसअनुपातमा दोषी ठहर हुनेको संख्या भने निकै कम पाइएको छ ।

बलात्कारका कतिपय घटना प्रकाशमै नआउने गरेको अधिकारकर्मीहरु बताउँछन् । बलात्कारजस्तो अपराधमा द्रुत कारवाहीको व्यवस्था हुनुपर्ने उनीहरुको भनाइ छ ।

मौजुदा व्यवस्थामा बंगलादेशमा बलात्कार सम्बन्धी अपराधमा आजन्म कारावासको व्यवस्था छ । पीडितको मृत्यु भएको अवस्थामा भने अपराधीलाई मृत्युदण्डसमेत हुन सक्ने व्यवस्था छ । सरकारले कानुन संशोधन गर्दै बलात्कारमा संलग्न अपराधीलाई मृत्युदण्डको सजायसम्बन्धी प्रावधान राखेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!