सोमबार, आश्विन २६, २०७७ || 570  पटक पढिएको

पांचथर फिदिमका २४ बर्षीय शिव तुम्बाहाम्फोको करेन्ट लागेर मृत्यु भएको छ । 

 फिदिम घर भएका तुम्बाहाम्फो झापा बिर्तामोड स्थितमा आफ्नो सानीआमाको घरमा केही दिन अगाडी आएका थिए । सानीआमाकै घरमा आएको बेला घर नजिकै रहेको नालामा उनि माछा पार्न भनि हिजो साझँ ६ बजे गएका थिए । नालामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक तुम्बाहाम्फो आफैलाई करेन्ट लाग्दा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साथै उनि संगै माछा मार्न गएका हरी प्रसाद रिमाललाई समेत करेन्ट लागेकोमा उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!