सोमबार, आश्विन २६, २०७७ || 884  पटक पढिएको

सेवानिवृत्त सरकारी कर्मचारीले पेन्सन बुझ्नका खाता सक्रिय बनाउँन सम्बन्धित बैंकसम्म जानु नपर्ने भएको छ । हरेक ६/६ महिनामा सक्रिय बनाउनुपर्ने व्यवस्था भएपनि कोरोना माहामारीका कारण हाललाई सम्बन्धित निवृत्तभरण व्यवस्थापन कार्यालयबाटै गर्न महालेखा नियन्त्रक कार्यालयले परिपत्र गरेको छ।

सरकारको संचित कोषबाट स्वीकृत बजेटको परिधिभित्र रही सरकारी सेवाबाट सेवानिवृत्त पाइरहेका निवृत्तभरकले हरेक ६/६ महिनामा सम्बन्धित बैंकमा उपस्थित भई आफ्नो खाता सक्रिय गर्नुपर्ने व्यवस्था छ।

अहिलेको विषयम परिस्थितीमा यस व्यवस्थालाई कायम गर्न नसकिने देखिएपछि बैंकसम्म उपस्थित हुनुपर्ने व्यवस्था अनिवार्य नगर्न महालेखाले परिपत्र गरेको हो । यो परिपत्रपछि अब पेन्सन पाउने व्यक्तिले २०७७ मंसिर समान्तसम्म निवृत्तभरण व्यवस्थापन कार्यालयमार्फत नै निवृत्तिभरण खाता सक्रिय गराई रकम भुक्तानी लिनसक्ने छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!