बलिउडका सुपरस्टार आमिर खान सधैँ फिल्मका कारण चर्चामा रहन्छन् । उनी सार्वजनिक रुपमा आफ्नो व्यक्तिगत जीवनको बारेमा चर्चा गर्न मन पराउँदैनन् । तर, उनले एक पटक आफ्नो पहिलो पत्नीको बारेमा खुलेर बताएका थिए ।

सुत्रका अनुसार एक अन्तरवार्ताका क्रममा उनले पहिलो पत्नी रीना दत्तको बारेमा बताएका थिए । उनले निर्माता तथा निर्देशक करण जौहरको कार्यक्रम ‘कफी विथ करण’ मा उनले पहिलो पत्नीको बारेमा बताएका थिए ।

उनले रीना दत्तसँग सम्बन्धविच्छेद भएपछि उनले आफ्नो पीडा सेयर गर्दै भनेका थिए, ‘म र रीना १६ वर्षसम्म वैवाहिक जीवनमा रह्यौँ । हाम्रो अलग हुने फैसलाले हाम्रो दुवै परिवारलाई निकै दुखी बनाएको थियो । सम्बन्धविच्छेदपछि ३÷४ वर्ष म एक्लै बसे । मैले २ वर्ष सम्म त फिल्ममा समेत काम गरिन । किनकी म सम्बन्धविच्छेदको पीडाबाट बाहिर आउने कोशिस गर्दै थिए । सम्बन्धविच्छेदपछि पनि रीना र म असल साथी हौँ । आज पनि हामी एक अर्कालाई सम्मान गर्छौँ ।’

रीनासँग छुट्टिएपछि सन् २००५ मा किरण रावसँग विवाह गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!