नेहा कक्कडले हालै रोहनप्रीत सिंहसँगको आफ्नो सम्बन्धबारे पुष्टि गरेकी छिन् । नेहाले आफ्नो सम्बन्ध पुष्टि गरेपछि अब आदित्य नारायणले पनि श्वेता अग्रवालसँगको आफ्नो सम्बन्ध पुष्टि गरेका छन् ।

आदित्यले भारतीय सञ्चार माध्यम ई टाइम्ससँगको कुराकानी आफ्नी प्रेमिकाबारे जानकारी दिएका छन् । उनले भने, ‘मैले श्वेतालाई फिल्म श्रापितको सेटमा भेटेको हुँ र हामीबीच राम्रो बन्डिङ भयो । त्यसपछि बिस्तारै मेरो श्वेतासँग प्रेम बस्यो । सुरुमा उनी साथी मात्र बन्न चाहन्थिन् किनभने हामी साना नै थियौं र आफ्नो करियरमा केन्द्रीत हुन चाहन्थ्यौं । प्रत्येक सम्बन्ध झैं हाम्रो पनि सम्बन्धमा निकै उतार–चढाव आए । मेरो आमा–बुवालाई श्वेता निकै मनपर्छ । हाम्रो विवाह नोभेम्बर–डिसेम्बरमा हुनसक्छ ।’

आदित्यले थपे, ‘मलाई याद छ कि वर्षौं अघि मेरो र श्वेताको ब्रेकअप भएको छ भनेर मानिसहरुले अनुमान लगाउन थालेका थिए । त्यसैले श्वेतासँग कतै बाहिर जान मुश्किल भएको थियो । मलाई थाहा छ कि सम्बन्धमा समस्या आउँछन् तर यसको यो अर्थ होइन कि सबैकुरा समाप्त भयो । आजकाल विवाह निकै छिटो टुट्ने गर्छ र हामीले एक–अर्कालाई राम्रोसँग चिन्ने कोसिस गरिरहेका थियौं । त्यसैले यत्तिका वर्षको सम्बन्धपछि अब हाम्रो विवाह गर्ने समय आएको छ ।’

नेहाको विवाह बारे प्रश्न सोध्दा उनले भने, ‘सायद म नेहाको विवाहमा जान पाउँदिन होला किनभने मेरो काँधमा चोट लागेको छ ।’

नेहालाई दिएका थिए बधाईः

नेहाले आफ्नो सम्बन्धबारे खुलासा गरेपछि आदित्य नारायणले बधाई दिएका थिए । आदित्यले दुबैको फोटो सेयर गर्दै लेखेका थिए, ‘नेहा कक्कड र बेबी ब्रो जो अब ह्यान्डसम भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!