आइतबार, आश्विन २५, २०७७ || 870  पटक पढिएको

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिगमा आइतबार सनराइजर्स हैदराबादमाथि पाँच विकेटको सनसनीपूर्ण जित दर्ता गरेको छ ।एक समय निश्चित हारतर्फ अग्रसर राजस्थानले खेलमा अविश्वरणीय पुनरागमन गरेको थियो ।

यसक्रममा राजस्थानले १९.५ ओभरमा पाँच विकेट गुमाएर १ सय ६३ रन बनायो । त्यसमा रियान पराग र राहुल तेवतियाले आक्रामक ब्याटिङ गरे । रियानले २६ बलमा ४२ बनाए । यस्तै राहुलले २८ बलमा ४५ रन बनाए ।

उनीहरूले छैटौं विकेटका लागि ८५ रनको साझेदारी गरे र नटआउट रहे । यसअघि राजस्थानले ७८ रन बनाउँदासम्म पाँच विकेट गुमाइसकेको थियो । यस्तोमा हार निश्चित देखिएको थियो ।

टस जितेर हैदरावादले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो र यसक्रमा २० ओभरमा चार विकेट गुमाएर १ सय ५८ रन बनायो । त्यसमा डेविड वार्नरले ४८ रन र मनिष पाण्डेले ५४ रन बनाए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!