कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्तावले नेपाल कम्युनिस्ट पार्टीभित्र नयाँ विवादलाई सतहमा ल्याएको छ । शाही नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुन् भने अविश्वासको प्रस्ताव दर्ता गर्ने यामलाल कँडेल अर्का अध्यक्ष केपी शर्मा ओली निकट हुन् ।

ओली र प्रचण्डबीच बढेको टकरावको कम्पन कर्णालीमा पुगेको छ । योसँगै ओलीले पार्टीभित्र पेलेर जाने रणनीति लयाएको सन्देश समेत गएको छ ।

सरकार सञ्चालनका लागि पार्टीभित्र समन्वय गरेर गर्ने भनेपछि ओलीले संकट टरेलगत्तै राजदूत नियुक्तिलगायतमा एकलौटी गरेको भन्दै प्रचण्डलगायतका नेताले असन्तुष्टि व्यक्त गरेका थिए । तर, त्यसलाई ओलीले बेवास्ता गरिदिए । मन्त्रिमण्डल पुर्नगठनमा पनि ओलीले आफ्नै चाहना बढी देखाउन थाले । यतिसम्मकी प्रचण्ड पक्षधर रहेर उनीबाट असन्तुष्टलाई सरकारमा मन्त्री बनाउन खोजे । यसले प्रचण्ड झस्किए । लगत्तै उनले नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतमसँग परामर्श गरे ।

गौतम पनि ओलीसँग फेरि असन्तुष्ट भए । छ बुँदे ल्याएर संकट टारेको तर आफैलाई समस्यामा पारेको बुझाईपछि उनी पुरानै मोर्चा ब्युताउन सक्रिय भएको बुझिएको छ । विगतमा सचिवालयका छ जनाको मोर्चाबन्दी रहेकोमा यसपटक रामबहादुर थापा बादल घटेर पाँचजना बनेको छ । यो समूहले पछिल्लोपटक गम्भीर छलफल समेत गरेको छ । नेकपा सचिवालयका पाँचजनाको मोर्चाबन्दीको भेउ पाएर ओलीले पेलेरै जाने रणनीति बनाएको बुझिएको छ । यसको संकेत महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव दर्तापत्र सार्वजनिक भएबाट मिलेको छ ।

नेकपाभित्र अब ओलीविरुद्ध प्रचण्ड, माधव, झलनाथ, बामदेव र नारायणकाजीको मोर्चाको टकराव फेरि बढ्ने देखिएको छ । यो समूहले यसपटक फेरि रणनीति बनाएको र ओलीलाई चुनौती दिने तयारी गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ । ओली भने अब पेलेरै जाने तयारीका साथ प्रस्तुत भएका छन् । यसले नेकपाभित्र नयाँ संकट देखिएको छ ।

Reporters Nepal बाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!