आइतबार, आश्विन २५, २०७७ || 506  पटक पढिएको

हेटौँडा सिमेन्टले करिब ३८ हजार कामदारको माग गरेको छ । आइतबार एक सूचना जारी गर्दै हेटौंडा सिमेन्टले ३८ हजार ६ सय ९५ जना कामदारको माग गरेको हो । यसमध्ये २ हजार ९ सय २० जना दक्ष र ३५ हजार ५ सय ७५ जना अदक्ष कामदार आवश्यक भएको हेटौँडा सिमेन्टद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । सो कामदारको आपूर्ति आउटसोर्सिङ मार्फत् गर्ने भन्दै यसका लागि ३० दिनको अवधिभित्र इच्छुक आपूर्तिकर्तालाई बोलपत्र पेश गर्न आह्वान समेत गरेको छ ।

एकैपटक कसरी ३८ हजार कामदार ? सूचनामा उल्लेख भए पनि हेटौँडा सिमेन्टले एकैपटक ३८ हजार जना कामदारको माग गरेको चाहिँ होइन । एक वर्षभित्र ३८ हजार कार्यदिनका लागि काम गर्ने कामदारको आपूर्ति गर्न लागेको हो । जसका लागि ५०÷६० जना कामदार पर्याप्त रहेको सिमेन्टका महाप्रबन्धक प्रेमशंकर सिंहले बताए । ‘हामीले ३ जना कार्यालय सहयोगी (पियन), पानीको आपूर्ति गर्ने व्यक्ति र सरसफाई गर्ने व्यक्ति मागेका हौँ । त्यस्तो काम वर्षौँदेखि स्थानीयबासीले गर्दै आएका छन् । तर उहाँहरुलाई हामीले आउटसोर्सिङमार्फत् लिने गरेका थियौँ,’ सिंहले भने, ‘त्यसका लागि ५०÷६० जना मान्छे लाग्ने हो । तर, कार्यदिनको आधारमा बोलपत्र आह्वान गरिएकोले मात्रै धेरै देखिन गएको हो । प्राविधिक कमजोरी भएर वा हामीले स्पष्ट पार्न नसकेर यस्तो कन्फ्युजन भएको हुनसक्छ । तर, वास्तविकता चाहिँ यस्तो हो ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!