अक्टोबर इन्टरनेशनल ब्रेक लिभरपुलको दुुई महत्त्वपूर्ण घटनाको वर्षगाँठ हो – फिनवे स्पोर्टस् ग्रुप (एफएसजी)ले यो क्लब किनेको १० वर्ष, अनि योर्गान क्लोप प्रशिक्षक बनेको ५ वर्ष पुुगेको छ । जतिबेला एफएसजीले (तत्कालीन समय न्युु इङल्यान्ड स्पोर्टस् भेन्चर्स) क्लब किन्यो, त्यतिबेला उनीहरुले भनेका थिए –‘कम वाचा र धेरै नतिजा ।’ अति प्रतिस्पर्धात्मक इंलिस प्रिमियर लिगमा यो साँच्चै कठिन थियो । तत्कालीन समय लिभरपुलमा देखिेको अस्थिरताबारे सायद अध्यक्ष टोम वेर्नर जानकार थिएनन् ।

लिभरपुलले कुनै पनि उपाधि नजितेको चार वर्ष भएको थियो । तर, समस्या योभन्दा धेरै थियो । रोय हड्गसनको प्रशिक्षणमा रहेको टोलीमा धेरै तलब बुुझ्ने खेलाडीहरु थिए, तर उनीहरु आवश्यक गुुण भएका थिएनन् । लिभरपुललाई एलिट क्लबहरुको समूहमा फर्कनका लागि समय र धैर्यता चाहिन्थ्यो ।

एफएसजीसँग योजना थियो । तर सुरुवातमै केही गल्तीहरु भए । महत्त्वपूर्ण कुरा, यी गल्तीहरुबाट बोर्डले पाठ सिकेको थियो । र, ५ वर्षपछि अमेरिकी मालिकहरुले अन्तत सही व्यक्ति पाए – योर्गान क्लोप । यी जर्मन प्रशिक्षक ८ अक्टोबर २०१५ मा लिभरपुलमा आबद्ध भए ।

केही व्यक्तिहरु क्लोप पाउनु एफएसजीको भाग्य रहेको बताउँछन् । भाग्य त हो, तर यसलाई उनीहरुले सिर्जना गरेका पनि हुन् ।
क्लोपको नियुक्तिपछि एनफिल्डमा उनीहरुको महत्वाकांक्षा देखियो, अर्को क्लबलाई युरोपेली फुटबलको शक्ति बनाउने उनीहरुको प्रतिवद्धतामा यसले जोड दियो । एफएसजीले क्लोपलाई पहिल्यै नियुक्त गर्न चाहेको थियो, जब उनी नियुक्त भए त्यसपछि उनको योजनालाई कार्यान्वयन गर्ने अवसर दिइयो ।

आधुनिक फुटबलमा एलिट क्लबले एलिट प्रशिक्षक नै नियुक्त गर्छ, तर उनीहरुलाई दिर्घकालिन योजना कार्यान्वयन गर्ने अवसर भने नदिनसक्छ । वा, मालिक र प्रशिक्षकबीच कसरी अन्तिम लक्ष्य हासिल गर्ने भन्नेबारे एउटै योजना हुँदैन ।

क्लोप र एफएसजीको हकमा, दुुबैको योजना मिलेको छ । उनीहरु दुुबलाई थाहा छ, सफलताका लागि धैर्यता चाहिन्छ ।
सम्झनुस्, १८ महिनाअघिसम्म क्लोपले लिभरपुलमा केही जितेका थिएनन् । उनको पहिलो सिजनमा लिभरपुलले आठौं स्थानमा रहेर लिग टुुंग्यायो । लिग कप फाइनल, युरोपा लिग फाइदा र पछि गएर च्याम्पियन्स लिग फाइनल २०१८ मा पनि हार व्यहोर्नुप¥यो । अन्य क्लबहरुले यस्तो अवस्थामा धैर्य गुमाउन सक्छन् ।

तर एफएसजीले आँखा पनि झिम्क्याएन । क्लोप मालिकहरुको आर्थिक रणनीतिअन्तर्गत बाँधिएका थिए ।

एफएसजीकै भाषामा भन्नुपर्दा उनीहरुले क्लबलाई ‘आत्मनिर्भर’ बनाउन चाहेका थिए । फलस्वरुप, फिलिपो काउटिन्होलाई महँगो रकममा बेचेपछि लिभरपुलले भिर्गिल भान डिज्क र एलिसन बेकरलाई ल्यायो ।
लिभरपुलले अन्तत छैटौं पटक च्याम्पियन्स लिग जित्यो, ३० वर्षसम्मको प्रतिक्षापछि इंलिस प्रिमियर लिग पनि जित्यो ।

धैर्यता र प्रगति
२०१२ मा समर्थकका नाममा खुलापत्र लेख्दै एफएजीले क्लबको विकासका लागि काम भइरहेको जनाएको थियो । क्लबका व्यवस्थापकलाई कम्पनीको तर्फबाट दीर्घकालका लागि पूर्ण सहयोग रहेको पत्रमा उल्लेख थियो । त्यतिबेला ब्रेन्डन रोजर्स प्रशिक्षक थिए, तर तीन वर्षपछि क्लोपसँग पनि त्यस्तै भयो ।

‘लिभरपुलमा हाम्रो एउटै महत्वाकांक्षा छ र त्यो हाम्रा समर्थकले हेर्न चाहने खेल खेलेरै प्रिमियर लिग जित्नु हो,’ एफएसजीले भनेको थियो । यी शब्दहरु अहिले निकै सान्दर्भिक भएका छन् किनकी लिभरपुलले यस सिजन निकटतम प्रतिस्पर्धीलाई १८ अंकले पछि पारेर लिग जित्यो । त्यस्तै, उसले निकै उत्कृष्ट र आक्रामक खेल्यो ।
तर सधैं यस्तो थिएन । लिभरपुल यस्तो बन्नका लागि धैर्यता र संलग्न सबैको योजना आवश्यक प¥यो ।

समर्थकसँग क्लोपको उत्कृष्ट सञ्चार शैलीसँगै यसको सुरुवात भयो । चाँडै आक्रामक र आकर्ष फुटबल सुरु भयो । तर, क्लोपले क्लब सम्हालेको पहिलो सिजन ५० गोल खानु चिन्ताको विषय थियो । कतिपयलाई लिभरपुलको रक्षात्मक समस्या क्लोपले हल गर्न सक्दैनन् भन्ने लागेको थियो, अघिल्लो दशक पनि यही समस्याले लिभरपुल मारमा परेको थियो ।

तर लिभरपुल आत्तिएन । किन आत्तिने ? विश्वस्तरीय प्रशिक्षक आफुसँग भएको उनीहरुलाई थाहा थियो । उनीहरुलाई थाहा थियो उनीहरुसँग भिजन पनि छ र केवल धैर्यता आवश्यक छ ।
त्यसैले त २०१६ मा प्रिमियर लिगमा लिभरपुल आठौं स्थानमै सिमित भएको दुुई महिनापछि एफएसजीले क्लोप र उनको प्रशिक्षण टोलीका सदस्यहरुसँग नयाँ ६ वर्षे सम्झौता ग¥यो । यो आशाको निकै ठूलो प्रदर्शनी र क्लबमा भइरहेको सुधार मालिकहरुले बुुझेको प्रमाण थियो ।

यसबाहेक माइकल इडवार्डलाई क्लबको स्पोर्टिङ डाइरेक्ट बनाइयो र नयाँ ५० मिलियन पाउन्डको ट्रेनिङ ग्राउन्ड बनाउने घोषणा गरियो, जो क्लोपको चाहना थियो ।

आधुुनिक युुगमा कुनै प्रशिक्षकले यति ठूलो समर्थन पाउनु निकै दुुर्लभ हो, यसले प्रशिक्षक र क्लबमा भइरहेको सुधारप्रति मालिकहरु पूर्ण विश्वस्त छन् भन्ने देखाएको थियो । यसपछिको अर्को सिजन (२०१६–१७) मा प्रिमियर लिगमा चौथो भएर लिभरपुल च्याम्पियन्स लिगमा फर्कियो । २०१७–१८ को सिजनमा प्रिमियर लिगको अंकतालिकामा कुनै फरक परेन । यद्यपी, च्याम्पियन्स लिगमा लिभरपुलले यस सिजन सनसनी मच्चाएपनि किभमा फाइनलमा गएर पराजित भयो ।

त्यसैले क्लोप नेतृत्वको ३ वर्ष ६ महिना अवधिमा लिभरपुलले प्रिमियर लिगमा छैटौं, आठौं, चौथो, चौथो भयो, त्यस्तै तीनवटा प्रतियोगिताको फाइनलमा हा¥यो । यस्तो अवस्थामा धेरैजसो मालिकहरुले दबाब सिर्जना गर्छन् । मालिकमात्रै होइन समर्थकले पनि दबाब दिन्छन् ।

दुुई वर्षको अवधिमा यस्तो नतिजा दिए भने फ्रयाङ्क लाम्पार्ड चेल्सीमा रहनेछैनन्, न म्यानचेस्टरमा ओले गुनर सोल्क्स्जेइर ।
प्रिमियर लिगमा प्रशिक्षकहरुको औसत कार्यकाल तीन वर्षभन्दा कम हो । कुनै क्लबमा झन्डै असंभवजस्तो देखिने लक्ष्य हासिल नगरी दुुई सिजन बिताउन पाउनु सौभाग्य हो । अहिले सक्रिय प्रशिक्षकमध्ये बर्नलीका सियन डाइचेपछि प्रिमियर लिगमा एकै क्लबमा लामो कार्यकाल चलाउने प्रशिक्षकको सुचीमा क्लोप दोस्रो स्थानमा छन् । उनीसँग अझै टाढाको योजना छ ।

क्लोप र एफएसजीको कथा फुटबल क्लबहरुका लागि निकै महत्त्वपूर्ण छ, यो कथा धैर्यताको पुरस्कारको कथा हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!