हिपमत डटकम

बुधबार, कार्तिक २०, २०८२ || 1535  पटक पढिएको

काठमाडौं, १९ कात्तिक । नेकपा (एकीकृत समाजवादी) की संस्थापक नेतृ रामकुमारी झाँक्रीले सो पार्टीसँगको आफ्नो राजनीतिक यात्रा टुंगिएको घोषणा गरेकी छन्।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले पार्टी विघटनमा गएको र त्यससँगै आफ्नो यात्रा पनि समाप्त भएको बताइन्। उनले भनिन्, “हाम्रो समाजवादी पार्टीसँगको यात्रा, त्यो पार्टी विघटनसँगसँगै टुंगियो।”

झाँक्रीले स्मरण गरिन् कि एमालेबाट अलग भएर एकीकृत समाजवादी गठन गर्दा ठूलो राजनीतिक अभियान बन्ने विश्वास थियो, तर त्यो सम्भावना अब समाप्त भएको छ।

त्यसअघि कार्यक्रममा **पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)**ले आफूहरू विना सर्त एमालेमा फर्किन तयार रहेको बताएका थिए। श्रेष्ठले भने, “हामीलाई केही चाहिएको छैन, मूल घरमा हाँसेर बोलिदिए, सम्मानजनक व्यवहार गर्दिए पुग्छ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!